• ६ चैत २०८०, मङ्गलबार

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तुलसी रोपण

blog

फाइल तस्बिर

काठमाडौँ‚ असार २६ गते।  राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले हरिशयनी एकादशीको अवसरमा आइतबार राष्ट्रपति भवनको निजी निवास परिसरमा पूजा अर्चनासहित तुलसीको बिरूवा रोप्नुभयो।

 हरिशयनी एकादशीलाई हिन्दू धर्मावलम्बीले विशेष पर्वका रूपमा मनाउने प्रचलन छ। आजको दिन तुलसीको विरुवा रोपी ब्रत बस्नाले समाज, परिवार एवं स्वयंमा सुख, शान्ति तथा आरोग्य प्राप्ति हुने जनविश्वास छ। हरिशयनी एकादशीका दिनदेखि चतुर्मास व्रत प्रारम्भ भएर ईश्वर उपासनाको महत्त्वपूर्ण समय सुरु भएको मानिन्छ।

औषधीय गुणले युक्त तुलसीलाई स्वास्थ्यका दृष्टिले लाभदायी जडीबुटी मानिएकाले घरैमा तुलसीका बिरुवा हुर्काई प्रत्यक्ष फाइदा लिन सकिन्छ। रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीको उपचारमा तुलसी, घरेलु औषधिका रूपमा उपयोग गर्ने गरिन्छ। यसप्रकार परापूर्वकालदेखि नै हरिशयनी एकादशीको धार्मिक तथा स्वास्थ्यसँग सम्बन्धित पक्षको विशेष महत्त्व रहेको पाइन्छ।