• ६ चैत २०८०, मङ्गलबार

साताका सात तस्बिर

blog

कैलालीमा मनसुनी वर्षापछि उफ्रिदै खेल्दै गरेका सुनौलो भ्यागुता । गर्भादानको समयमा पोथी भ्यागुतो रिझाउन भ्यागुताले पंहेलो रुप धारण गर्ने बताइन्छ । नेपालमा करिब ५३ प्रजातिका भ्यागुता रेकर्ड गरिएको छ। तस्बिर : अविनाश चौधरी


भक्तपुरको तेलकोट क्षेत्रबाट देखिएको धानखेतको दृश्य । तस्बिर : सागर बस्नेत


आइतबार बर्षापछि मौसम खुलेसँगै लोकन्थलीबाट देखिएको जुगल हिमश्रृंखला । तस्बिर : विकाश द्वारे



पढ्नेलाई केहीले छेक्दैन भन्ने कुराको उदाहरण राजधानीको क्षेत्रपाटीमा रोकिराखेको गाडीमा बसेर गृहकार्य गर्दै कन्या मन्दिर कक्षा ५ पढ्ने रेजिना तामाङ र उनका साथी । तस्बिर: कविन अधिकारी


भक्तपुरको ताथलीस्थित हललगाउँ क्षेत्रको सुन्दर दृश्य । काठमाडौंबाट नजिक रहेको उक्त क्षेत्रमा ग्रामीण परिवेशको पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ । तस्बिर : सागर बस्नेत


रुकुमपश्चिमको आठबिसकोट नगरपालिका १४ बाट बिरामी बोकेर अस्पताल लैजादै एक स्थानीय । भरपर्दो सडक र स्टेचर समेतको अभावको कारण यसैगरी बोकेर सातकिलोमिटर टाढाको नगर अस्पताल बिरामी लानुपर्ने बाध्यतामा स्थानीय छन् ।  तस्बिर : राजु लामिछाने



धान गोड्न ब्यस्त ललितपुर खोकनाका किसान । यो वर्ष मल नपाएपछि धान फल्दैन कि भन्नेमा किसान चिन्तित छन् । तस्बिर: विकश द्वारे