एमाओवादी र मधेसवादीहरुले संविधानसभा बहिष्कार गरेको होइन


काठमाडौं, माघ १ गते । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले दलहरुबीच तत्काल सहमति नभए संविधानसभा नियमावलीको प्रक्रियाअनुसार अघि बढ्ने बताउनुभएको छ ।
अहिले पनि माघ ८ गते संविधान जारी गर्न सकिने दावी गर्दै अध्यक्ष नेम्वाङ्गले त्यसका लागि विषयवस्तुमा अर्थात् छोटो समयमा मस्यौदा लेख्ने र प्रक्रियामा अघि बढ्ने विषयमा भने दलहरुले सहमति गर्नुपर्नेमा जोड दिनुभयो ।
माघ ८ मै संविधान जारी गर्न दबाब दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बिहीबार बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेम्बाङले तत्काल संवादहीनताको अवस्था अन्त्य नगरे मुलुकमा अप्ठ्यारो स्थिति उत्पन्न हुने वताउनुभयो ।
उहाँले भन्नुभयो–‘‘माघ ८ मै संविधान ल्याउन दलहरुले मस्यौदा लेखन र प्रक्रियामा जाने विषयमा सहमति गर्नुपर्छ, त्यसका लागि नियम निलम्बन गर्नुपर्छ, होइन भने माघ ८ मा संविधान जारी गर्ने कुरा कामनाबाहेक केही हुँदैन ।’’
अध्यक्ष नेम्बाङले भन्नुभयो, ‘‘आफूले अपजस बोक्न तयार छु भन्दा पनि दलहरुले हामी आफै गर्ने बताए पनि संवाद नगरेको गुनासो गर्दै न्यायप्रणालीमा सहमति भइसके पनि प्याकेज सहमतिको नाममा त्यसलाई पनि अल्झाएर राखेका छन् ।’’
आफूले कार्य व्यवस्थाको निर्णयअनुसार संविधानसभाको बैठक बोलाएको भन्दै एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले सार्न आग्रह गरेको भए पनि अरु नेताहरुले राजनीतिक संवाद समितिको प्रतिवेदन मात्रै पेश गर्ने भएकाले स्थगित नगर्न आग्रह गरेको जानकारी दिनुभयो ।
अध्यक्ष नेम्बाङले थप्नुभयो,–‘‘एमाओवादी र मधेसवादीहरुले संविधानसभा बहिष्कार गर्नु भएको होइन ।’’
उहाँले दलहरुको घोषणापत्रमै एक वर्षभित्र संविधान जारी गर्ने भन्ने प्रतिबद्धता नैतिक बन्धन भएकाले दलहरु माघ ८ पनि नैतिकरुपमा कमजोर हुने भन्दै दलहरु नैतिकरुपमा कमजोर भए त्यसले देशमा असहज अवस्था ल्याउने चेतावनी दिनुभयो ।                                

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना