मोर्चा कार्यकर्ता तथा प्रहरीबीच झडप

रौतहट, पुस ५ गते । गौर नगरपालिकास्थित बिपी चोकमा आज अपराह्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

प्रहरीले आफूमाथि अन्याय गरेको भन्दै मोर्चाका कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएपछि स्थितिलाई साम्य पार्न प्रहरीले बल प्रयोग गरेपछि झडप भएको हो । तर प्रहरीले भने मोर्चाका कार्यकर्ताले सुरक्षाकर्मीलाई लक्षित गरी ढुङ्गा प्रहार गरेपछि बल प्रयोग गर्नु परेको जनाएको छ ।

विरोध प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्तालाई हटाउने उद्देश्यले आठ सेल अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशराज रेग्मीले बताउनुभयो ।

केहीबेर तनावग्रस्त बनेको बिपी चोकको अवस्था अहिले सामान्य बनेको छ ।
अज्ञात व्यक्तिद्वारा बसमा आगजनी

चन्द्रपुर नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको पौराई जङ्गलमा अज्ञात व्यक्तिले आज एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । ना४ख ५१० नंको उक्त यात्रु बसमा आगलागी भएको भन्ने खबर अन्य यात्रुले दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी घटनास्थल पुग्दा त्यहाँ कोही यात्रु नरहेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार आगलागीबाट बस पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । बसमा कसले आगजनी गरेको हो भन्ने केही खुल्न सकेको छैन । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना