नुवाकोटमा गोरु जुधाईको बढ्दो आकर्षण

goruश्रीराम नेपाल नुवाकोट, माघ १ गते । आज माघे संक्रान्ति । देशभर विभिन्न कार्यक्रम आयोजना गरेर माघे संक्रान्ति पर्व मनाईन्छ । नुवाकोटमा भने माघे संक्रान्ति पर्व फरक ढंगले मनाईदै आएको छ । माघे संक्रान्तिको अवसरमा जिल्लाको तारुका र वेत्रावतीमा गोरु जुधाएर मनोरञ्जन लिईदैछ ।
तारुकामा प्रत्येक वर्È गरिदै आएको गोरु जुधाउने मेला यस वर्È पनि भव्य रुपमा शुरु हुँदै छ । जुधाउनका लागी यस वर्È १५ हल गोरु तयारी अवस्थामा राखिएको मेला आयोजकले वताएका छन् । तारुका गाविस वडा नं. ५ चन्दनीको बारीको ठूलो पाटोमा गोरु जुधाउन सम्पूर्ण तयारी पूरा भएको छ ।
मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीयकोे भेलाले ज्ञानवहादुर वख्रेलको अध्यÔतामा नौ सदस्यीय तारुका माघे संक्रान्ति मेला व्यवस्थापन समिति गठन भएको छ । अघिल्लो वर्ष राजननितीक विवादका कारण दुई ठाउँमा गोरु जुधाई भएपनि यस वर्ष सवै दलको समन्वयमा समिति गठन भएको छ । समितिले गोरु दर्ता गर्नका लागी पांचसय रुपैया शुल्क तोकेको छ । तारुकाको मेलामा यो वर्ष पहिलो पटक दुईजना गोरु धनीले आफ्नो गारुरवीच बाजी थापेका छन् । मदन श्रेष्ठ र विष्णुमान श्रेष्ठ दुबैले आफ्नो गोरुले जितेको अवस्थामा हार्ने गोरु लैजाने बाजी थापेका छन् ।
मेलामा गोरु जुधाउन प्रतिगोरु ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ । जित्नेलाई एक हजार पाँचसय र हार्ने तथा सहभागी गोरु धनीलाई एकहजार रुपैयाँसहित प्रमाणपत्र दिइने तारुका माघे संक्रान्ति मेला व्यवस्थापन समितिले जनाएको छ । मेलाको उद्घाटन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले गर्ने भएका छन् ।
तारुका माघे संक्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष ज्ञानवहादुर बख्रेलले बुधबार विदुरमा पत्रकार सम्मेलन गरेर यो वर्षको गोरु जुधाईको तयारी पूरा भएको जानकारी दिए । तारुकाको पौरख नेपालको गौरव’ मूलनाराका साथ गोरु जुधाउने मेला यस वर्ष महोत्सवको रुपमा मनाइने भएको छ ।
यस्तै, नुवाकोट र रसुवाको सिमाना वेत्रावतिमा पनि गोरु जुधाई हुँदै छ । मेला ब्यवस्थापनको लागि सुरज लवटको अध्यÔतामा समिति गठन भएको छ । नुवाकोटको गेर्खु गाविस वडा नं. ९ वेत्रावतिमा गोरु मेलामा १० हल गोरु जुधाइने तयारी भएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना