राजधानीमा विशेष सरसफाइ अभियान

काठमाडौँ, मङ्सिर ६ गते । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को अठारौँ शिखर सम्मेलनको पूर्वतयारीको सिलसिलामा आज विशेष सरसफाइ कार्यक्रम सुरु गरिएको छ ।

काठमाडौँ महानगरपालिका र ललितपुर उपमहानगरपालिकाका सबै वडामा मुख्य चोकमा सरसफाइ सुरु गरिएको हो । नयाँ बानेश्वरस्थित संविधानसभा भवन परिसर अगाडिबाट उपप्रधानमन्त्री प्रकाशमान सिंहले सो विशेष अभियानको शुभारम्भ गर्दै शिखर सम्मेलन देशकै प्रतिष्ठाको विषय भएकाले आफ्नो सहरलाई सफा राख्नुपर्ने बताउनुभयो ।

“सहर सफा राख्नामा सरकार र कामपा मात्र नभई सबै नगरवासीको जिम्मेवारी हो , यो अभियानलाई देशैभर लैजाने सरकारको कार्यक्रम छ”,उहाँले भन्नुभयो । कामपा वडा नं १० र ३४ मा भएको विशेष कार्यक्रममा निजामती कर्मचारी, स्थानीय क्लब, टोल सुधार समिति, उपभोक्ता समिति, महिला समूह, स्वास्थ्यकर्मी, स्काउटका प्रतिनिधिलगायत सर्वसाधारणको सहभागिता छ । नयाँ बानेश्वर चोकदेखि शङ्खमूल, बुद्धनगर, बिजुलीबजार, पुरानो बानेश्वर चोक र आसपासका क्षेत्रहरुमा सरसफाइ गरिएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना