तीन आन्दोलनकारी एक ठाम


काठमाडौ, पुस ३० गते । संविधानलाई लिएर छुट्टा छुट्टै सडक संधं गरिरहेका एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र पदमरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट«िय आन्दोलनले संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन् ।
‘मुद्दा एउटै भए पनि छुटाछुट्टै भएर आन्दोलन गर्दा’ प्रभावकारी हुन नसकेपछि उनीहरुले संयुक्त कार्यक्रम गर्ने सहमति गरेका हुन् । बुधबार माओवादी अध्यक्ष वैद्य निबासमा तीन पक्षका नेताहरुबीच भएको छलफलले विहिबारसम्ममा कार्यक्रमको प्रारुप तयार पार्ने सहमति गरेको बताईएको छ ।
नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले संयुक्त आन्दोलनका लागि छलफल भएको जानकारी दिँदै विहिबार संयुक्त रुपमा बस्ने बैठकले यसको टुङ्गो लगाउने बताउनुभयो । उहाँले अहिले छुट्टा छुट्टै तय गरिएको कार्यक्रममा परिमार्जन गरेर नयाँ संघर्षको कार्यक्रम घोषणा गरिने बताउनुभयो ।
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका प्रवक्ता एवं समाजवादी पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले तीन पक्षबीच संयुक्त आन्दोलनका लागि छलफल भएको बताउनुभयो । तुलाधर नेतृत्वका आन्दोलनका प्रवक्ता प्रा. डा. ओम गुरुङले तीनै पक्षबाट घोषित केहि कार्यक्रमहरुलाई सबैले संयुक्त रुपमा साथ दिने र केहिमा परिमार्जन गर्नेगरी छलफल अघि बढेको बताउनुभयो ।
उहाँले एमाओवादी र वैद्य माओवादीबाट घोषित नेपालबन्दको छुट्टाछुट्टै कार्यक्रम परिमार्जन गरेर एउटै बनाउने तयारी भइरहेको बताउनुभयो । यसअघि वैद्येल माघ ३ गते र एमाओवादीले माघ ५ गते आमहड्तालको कार्यक्रम घोषणा गरेको थियो । यी दुबैको मिति परिवर्तन गरेर नयाँ मिति घोषणा गरिने बताईएको छ । मिति भने तय भइनसकेको प्रवक्ता भुषालले बताउनुभयो ।
एमाओवादीका एक नेताका अनुसार कांग्रेस र एमालेको तर्फबाट संविधान निर्माणमा सहमतिको आधारमा संविधान बन्ने प्रयास थालिए आम हड्तालको कार्यक्रम स्थगित गर्ने तयारी गरिएको छ । यद्धपी सरकारमा रहेका दुबै दलले बहुमतको आधारमा संविधान निर्माण गर्ने प्रक्रियमार्फत अघि बढाए विपक्षीले सडक संघर्षको कार्यक्रमलाई कडाईका साथ अघि बढाउने तयारी तयारी गरेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना