दशबुँदे घोषणापत्र जारी गर्दै युवा सम्मेलन सम्पन्न

बैतडी, मङ्सिर  २६ गते। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको आर्थिक सहयोग तथा जिल्ला विकास समिति आयोजनामा बैतडीमा पहिलोपटक सुरु भएका युवा सम्मेलन १० बुँदे घोषणापत्र जारी गर्दैै शुक्रबार सम्पन्न भएको छ ।

हालै पारित भएको युथ भिजन २०२५ तथा दशवर्षे रणनीतिक योजना, राष्ट्रिय युवा नीति २०७२, युवाका लागि भएका कानुनी व्यवस्था, युवा सहभागितालगायतका विषयमा छलफल गर्ने उद्देश्यका साथ सम्मेलन बिहीबारदेखि सुरु भएको हो ।

सम्मेलनले जारी गरेको घोषणपत्रमा युवाको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा पहुँच पु¥याउनका लागि पहल गर्ने, विभिन्न विकास निर्माणका काममा युवाको सहभागिताका लागि पैरवी गर्ने, पर्यटकीय क्षेत्रको विकासका लागि युवा परिचालन गर्नेलगायतका बुँदा समेटिएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला अधिकृत गणेश शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “युवाको समस्या, सवाल र आवश्यकता पहिचान गर्ने, सबै गाविसमा युवा सञ्जाल गठन गर्ने र स्थानीयस्तरको योजना तर्जुमा प्रक्रियामा सार्थक सहभागितामा वृद्धि गर्नेछ ।” रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना