सुन्दर र सुविधा सम्पन्न नेपालगन्ज बनाउने योजनामा प्रम

 

नेपालगन्ज, पुस ३० गते । प्रधानमन्त्री सुशील कोइरालाले नेपालगञ्जलाई सुन्दर एवं सुविधा सम्पन्न बनाउने योजना तयार पार्न सबैसंग आग्रह गर्नु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको २३ औं परिषदको अवसरमा प्रधानमन्त्री कोइरालाले पठाउनु भएको शुभकामना सन्देशमा नेपालगन्जको भौगोलिक अवस्थिति, हावापानीका आधारमा शैक्षिक, चिकित्सा, प्रविधि, औद्योगिक, व्यापारिक, पर्यटकीय र कृषि उत्पादनको केन्द्र बनाउनु पर्नेमा जोड दिनु भएको छ ।
स्थानीय निकायको व्यवस्थाले स्थानीय श्रोत साधन, सीप र दक्षताको उच्चतम प्रयोग, स्थानीय विकासका लागि श्रोत खोज्न सक्ने भन्दै प्रधानमन्त्री कोइरालाले परिषदले संस्थागत विकास गरी उद्यमशिलताको प्रवद्र्धनद्धारा स्थानीय आवश्यकता र चाहनाहरुको सम्बोधन गर्न सक्ने नेतृत्वको समेत विकास गर्ने जिकिर गर्नुभयो ।
शुभकामना सन्देशमा उहाँले हरेक वडाका समस्या र समाधानका उपायका साथै प्राकृतिक रुपमा अत्यन्त सुन्दर र समृद्ध मध्यपश्चिमाञ्चल क्षेत्रको प्रवेशद्धारको रुपमा रहेको नेपालगञ्ज उप महानगरपालिकाको द्रुततर विकासको ठुलो सम्भावना देखेको भन्दै माथिल्लो कर्णाली जलविद्युत आयोजनाका कारणले पनि यो क्षेत्रको विकास तिब्र गतिमा हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाले नेपालगन्जलाई सुन्दर एवं सुविधा सम्पन्न बनाउने योजना तयार पार्न सबैलाई प्रेरित गर्ने आफ्नो इच्छा भएपनि परिषदमा आफु उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीको गृह जिल्ला समेत रहेको बाँकेमा परिषदले नमूना नगर बनाउने कार्य गर्नु पर्नेमा उहाको बिशेष जोड थियो ।
प्रधानमन्त्री कोइरालाले आफनो शुभकामना सन्देशमा आगामी एक वर्षको योजनामा मात्र सीमित नरही आगामी १० वा २० वर्षमा हामी कस्तो नेपालञ्ज देख्न चाहन्छौं सोही अनुरुप योजना तर्जुमा गर्न आग्रह गर्नु भएको छ ।
प्रधानमन्त्री कोईरालाले पठाउनुभएको शुभकामना सन्देश उहाका विशेष प्रतिनीधीका रुपमा काँगे्रस नेतृ किरण कोइरालाले परिषदमा वाचन गर्नु भएको थियो ।
यसैविच नेपालगञ्ज उपमहानगर पालिकाले आगामी आर्थिक बर्ष २०७२÷७३ का लागि १ अर्व २३ करोड ७२ लाखको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिको २३ औं नगर परिषद्मा उपमहानगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत बिष्णु प्रसाद भुसालले आगामी वार्षिक नीति तथा कार्यक्रमसहितको सो बजेट प्रस्ताव गर्नुभएको हो ।
कार्यकारी अधिकृत भुसालले आन्तरिक श्रोत तर्फ रु. १० करोड ४५ लाख र बाह्य श्रोत तर्फ रु.१ अर्ब १३ करोड २७ लाख गरी कूल बजेट प्रस्तुुत गर्नु भएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना