• ६ चैत २०८०, मङ्गलबार

तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि

blog

पुरस्कार वितरण समारोहमा आफ्नो धारणा राख्नुहुँदै तानसेन नगरपालिकाका प्रमुख । तस्बिर : गोरखापत्र

रेखीराम राना

पाल्पा, असार २१ गते । १३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाल् जितेको छ । पाल्पाको दमकडामा भएको प्रतियोगितामा तानसेन १९ स्वर्ण पदकसहित पहिलो भएको हो । सात वटा स्वर्ण पदकसहित रम्भा गाउँपालिका दोस्रा र पाँच स्वर्ण पदकसहित तिनाउ गाउँपालिका तेस्रो भएको छ । 

प्रतियोगितमा पाल्पाका नौँ वटा स्थानीय तहका खेलाडीले भाग लिएका थिए । प्रतियोगितामा विजेतालाई पदक, प्रमाणपत्र तथा मेडल तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले प्रदान गर्नुभयो । उहाँले खेल क्षेत्रले मानिसलाई आत्मअनुशासनमा राख्न र राष्ट्रको गौरब बढाउन सहयोग पुग्ने बताउनुभयो ।