नाकाबन्दीको चेपोमा ईश्वरको अस्तित्व

nirmal acharyaनिर्मलकुमार आचार्य

सदा भवानी दाहिना, सम्मुख रहून् गणेशध्र
पाँचै देव रक्षा गरुन्, ब्रह्मा, विष्णु, महेशध्र।

मंगलाचरणबाट प्रस्तुति थालिनुको यतिखेर विशेष अर्थ रहेको छ । नेपाल र नेपालीको दुर्दशाको अन्त्य ईश्वरले चाहेमा मात्र पूरा हुनसक्ने भनिएकाले पनि देवता पुकारिएको हो । भारतीय राज्यसभामा त्यहाँकी विदेशमन्त्री सुष्मा स्वराजले ईश्वरले चाहेमा नेपालको सङ्कट पाँच, सात दिनमै अन्त्य हुने जनाएको विदितै छ । आज चौथो दिनसम्म त त्यस्तो कुनै सुखद सङ्केत देखिएको छैन तर आशाका निम्ति अझैँ तीन दिन बाँकी छन् ।
चाहँने हो भने पाँच, सात सेकेन्डभित्र सबै नाका सहज बनाउन सक्षम भारत सरकारले पाँच, सात दिनको म्याद जनाई ईश्वरको इच्छामा सहजताको धागो छाडिदिनाले नाकाबन्दीका पछाडि अरू कसैको पनि हात छ कि भन्ने आशङ्का उब्जाएको छ । ईश्वरको अर्थ मालिक, अधिपति पनि हुने भएकाले अरू कुनै मालिक वा अधिपतिलाई रिझाउन दूरगामी, गहिरो चालअन्तर्गत नेपालमाथि नाकाबन्दी लगाइएको हो भने निश्चय नै त्यस्तो ईश्वरले नचाहे नाकाबन्दी छुट्न सक्दैन । होइन, ईश्वरको अर्थ केवल भगवान् वा परमात्मा हो भने अरू देशलाई मन, वचन र कर्मले कुनैखाले दुःख नदिएको नेपालप्रति ईश्वर विमुख हुने प्रश्नै उठ्दैन । त्यसैले आउँदा केही दिनभित्र सबै कुरो सहज भयो भने बुझ्न गाह्रो पर्ने छैन–कुरो वास्तविक ईश्वरकै रहेछ ।
नाकाबन्दी किन लगाइयो ? जिज्ञासा बिस्तारै जाग्दै र खुल्दै जाने पक्का छ तर यतिखेरको आवश्यकता किन लगाइयो भन्नुभन्दा पनि चाँडै अन्त्य होस् भन्ने रहेकामा दुई मत रहोइन । जसरी नाटकीय ढङ्गमा नाकाबन्दी लगाइयो, जसरी नाटकीय ढङ्गबाटै यसको स्वीकारोक्ति भयो, उसैगरी नाकाबन्दी हट्ने लखसमेत काटिएको छ । नाकाबन्दीको स्वीकारोक्ति नाटकीयभन्दा पनि फिल्मी पाराले भएको अनुभव गर्न सकिन्छ । ठ्याक्कै त्यो दृश्यजस्तो जसमा, वकिल बारम्बार ‘यो मान्छेले जुत्ता ठक्ठक् बजार्दै भ¥याङ उक्लिई कोठामा गएर हत्या गरेको हो’ भनिरहेको हुन्छ र त्यत्निखेरै आवेशमा आई अभियुक्त चिच्याएर भन्छ –‘यो वकिल फटाहा हो, म त्यतिबेला जुत्ता फुकालेर गएको थिएँ, अनि कसरी ठक्ठक् आवाज आउँछ ?’ यत्ति भन्नु के थियो, दूधको दूध, पानीको पानी भइहाल्यो । यस्तै भएछ, भारतको राज्यसभामा । सांसदहरू लगातार भनिरहेका थिए–नेपालमाथि नाकाबन्दी लगाएर सरकारले महाभूल गरेको छ । बल्लतल्ल सहमति जुटाएर संविधान बनाएको नेपाललाई सहयोग गर्नु साटो उल्टै नाकाबन्दी गर्नु भारतीय कूटनीतिक असफलता हो । नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो देखाएर दबाबमूलक नाकाबन्दी लगाउँदा दुनियाँभरि भारतको बदनामी भएको छ, यस्ता आलोचना सुनिरहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले त्यतिखेर उही कठघराको व्यक्तिजस्तै संयम गुमाई आवेशमा आउँदै तिनको प्रतिवाद यसरी गर्न थालिन्–‘के भारतले यो पहिलोचोटि लगाएको नाकाबन्दी हो । म नाम लिन चाहन्न थिएँ तर बाध्य भएर भनिरहेकी छु–राजीव गान्धीको पालामा पनि नाकाबन्दी भएको थियोध्र’ यत्ति भनिसकेपछि अब खुल्न, खोल्न केही बाँकी रह्यो र !
राज्यसभामा जवाफ दिनेक्रममै विदेशमन्त्री स्वराजले नाकाबन्दी लगाइनुको कारण प्रष्ट नभने पनि नेपाली नेताले कथनीअनुरूप करनी नगरेको आरोप लगाएकी छन् । यसअघि पनि यस्ता कुरा उठ्दै आएका हुन् । संविधान निर्माणपूर्व भारत गएका नेताहरूले त्यसबारे फिटिक्कै मुख खोलेका छैनन् तर भारतीय पक्ष चाहिंँ सदैव उही गलफुलानमा छ । रटान उही तर अडान के हो ? नखुल्नु अर्को रहस्यको विषय बनेको छ । व्यक्तिगत अथवा दलगत हिसाबमा नेताद्वारा भारतमा गएर भनिएका कुरा वा गरिएका प्रतिबद्धताको समग्र राष्ट्रिय सन्दर्भमा के कति महŒव हुन्छ ? विचारणीय छ । स–साना कुरामा पनि भारत जाने र घरायसीदेखि अर्का दलको उछित्तो काढ्ने कामसमेत गर्ने परिपाटीले नै आजको दशा निम्त्याएकामा बिरलै विमति होला ।
बेमौसमी दिल्ली दौडाहाले कसैको छवि कलङ्कमुक्त नराखेको यथार्थ हुँदाहुँदै मधेसी नेतासमेत मुछिन पुगे । साझा धारणा बनाउन तीन दललाई दबाब दिँंदै आएको मोर्चाले तीन दलीय साझा धारणा बन्नासाथ गरेको लैनचौर–बैठक र लगत्तै भारतीय राज्यसभामा नेपाल सन्दर्भ चल्नु दुई दिनपूर्व गरिएको हस्तिनापुर भ्रमणप्रति थरि, थरिका टिप्पणी हुनु अस्वाभाविक होइन । निश्चय नै सङ्घीयताकै बीजारोपणको विषयलाई लिएर पनि आशङ्का अनेक नरहेका होइनन् । खासगरी प्रादेशिक सीमाङ्कनको मुद्दा मच्चाएर पृथकतावादी आन्दोलनलाई जोड दिन थालिएको आशङ्कासमेत गर्न थालिएको छ । यस्ता विभिन्न प्रश्न, आशङ्का र अविश्वासका माझ दिल्लीबाट फिर्ती भएको मोर्चाका कदम के कसरी अघि बढ्नेछन्, त्यसबाट यथार्थ ढिलो, चाँडो छर्लङ्गिने नै छ । दिल्ली दौडाहा गरेर मोर्चाका नेताले कति फाइदा गरे ? लेखाजोखा चल्न थालेको छ । बिस्तारै काठमाडौँंको समेत मन तान्न थालेको मधेस मुद्दाले दिल्ली दौडाहापछि उही भाव नराखेकामा शङ्का रहोइन । उता, राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धन किन मोर्चाबाट अलग्गिन पुग्यो ? सबैलाई थाहै छ । राष्ट्रिय स्वाधीनतामा आँच पुग्नेगरी र मानवीय सङ्कट निम्त्याउने गरी हुने कुनै पनि गतिविधिमा सामेल हुन नसक्ने दृढोक्तिसाथ मुस्लिम गठबन्धनले जुन राष्ट्रवादी कदम उठाएको छ, त्यो निश्चय पनि प्रशंसनीय छ ।
मोर्चाले दिल्लीमा नाकाबन्दी भारत सरकारले होइन, आफूले गरेको भनी जतिसुकै ढोकछोप गरे पनि त्यसको सुनुवाइ खासै नभएको र उल्टै विदेशमन्त्री स्वराजको स्वीकारोक्तिले जगहँसाइ गराएको छ । मोर्चाका नेता दिल्ली गएर मधेस, तराईकै जनताका दुःखदर्दका बारेमा बोलेका भए पनि धेरैको मान बढ्ने थियो । भारतीय सुरक्षाकर्मीका कारण गोलीको शिकार हुन पुगेका मधेसीका सम्बन्धमा कसैले बोलेनन्, दिनहुँ भारतीय सुरक्षा बलबाट दुत्कारका पात्र बन्नुपर्नेका निम्ति कुनै शब्द खर्चिएन भने सीमा क्षेत्रमा बनेका तटबन्धीय सडकका कारण नेपालीले भोग्नुपरेका बाढीजन्य पीडा पनि पोखिएन र कोशी सम्झौताअनुसार जनताले पाउनुपर्ने क्षतिपूर्तिको पनि कुरो चलेन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदा गत मे १५ तारिखमा चीनसित गरिएको ४१ बुँदे सम्झौताको २८ नं. बुँदामा रहेको लिपुलेकलाई दुई देशीय व्यापारिक नाकाका रूपमा विस्तार गर्ने विषयका सम्बन्धमा पनि कसैले असहमति प्रकट गरेनन् । यस्ता कतिपय पक्ष छन्, जसबारे मधेसी नेताले नबोल्ने गरेको आरोप लाग्दै आएको छ । साँच्चै क्षेत्रीयबाट राष्ट्रिय नेताका रूपमा उदाउन चाहने हो भने यस्ता कैयन् मुद्दा छन्, जसका भरमा सबै नेपालीको मन, मुटु जित्न सकिने अवसर मधेसी नेतामा रहेको छ । यतातिर कुन मधेसी नेता अघि बढ्ने हुन् ? त्यो भने हेर्न बाँकी छ ।
नेपालमा एकका विरुद्ध अर्कालाई भिडाएर सधैँं तर मार्दै आएको भारतीय ब्रिटिशकालीन सोच र प्रवृत्ति बुझ्न नसक्नु हामी सबैको कमजोरी बनेको छ । सात सालदेखि अहिलेसम्मका हरेक राजनीतिक घटनाक्रमले पुष्टि गर्दै आएको भए पनि अझैँ होश नजाग्नुलाई उदेककै कुरो मान्नुपर्छ । आफ्नो वा आफ्नो दलको हितका निम्ति जोसुकैसँग जस्तो पनि सम्झौता गर्ने परिपाटीका कारण नेपाल यो दुर्गतिमा परेको हो । अन्य राजनीतिक दलको चेत खुल्न थालेझँैं मधेसका नेता पनि एक दिन जाग्नेछन् । नेपालमा भारतविरोधी भावना अत्यधिक बढेको देख्ने भारतीयले यसको कारण र पृष्ठभूमि केलाउन ढिलाइ गर्नुहुँदैन । नेपालमा भारतविरोधी र भारतमा नेपालविरोधी भावना फैलनु कुनै हालतमा ठीक होइन । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहयोग गरेबापतको ब्याज खोज्न भारतले छाड्नैपर्छ । नेपालमा आन्तरिक किचलो मच्चाउने, मध्यस्थता गर्ने र जशको भागीदार पनि आफैँ बन्ने ‘तेहरो चरित्र’ छाड्नु बुद्धिमानी हुनेछ । नेपाललाई दुःख दिएर सधैंँभरि अन्योल, अस्थिर र पछ्यौटेपनको शिकार बनाएर भारत कहिल्यै दुनियाँमा चम्कन सक्दैन ।
भारतका लागि सबै नेपाली समान हुनुपर्छ र नेपालप्रतिको उसको दृष्टिकोण पनि एक हुनुपर्नेमा विवाद रहोइन । नेपालमा नरेन्द्र लामा, नरेन्द्र गुरुङ, नरेन्द्र मगर, नरेन्द्र चौलागाई, नरेन्द्र थापा, नरेन्द्र ठाकुर, नरेन्द्र चौधरी, नरेन्द्र झा छन् । के यी सबै नरेन्द्र एक होइनन् ? निश्चय नै सबै नरेन्द्रलाई समान हक, अधिकार हुनुपर्छ, कोही अगाडि बढिरहने र कसैले उठ्नै नसक्ने अवस्था रहनुहुँदैन । यसका निम्ति मुलुकभित्रै अभूतपूर्व प्रयत्न हुनुपर्छ । नरेन्द्र लामा, नरेन्द्र शर्मा, नरेन्द्र विश्वकर्मा र नरेन्द्र ठाकुरबीच झगडा गराउन चाहनेलाई बेलैमा पाठ सिकाउन सकियो भने नेपालको भविष्य स्वर्णिम हुनेमा सन्देह रहंँदैनध्र
सङ्घीयता नै यतिखेर सबैभन्दा ठूलो घाँडो बनेको छ । नेपाललाई टुटाउने, फुटाउने उद्देश्यले दीर्घकालीन रणनीतिअन्तर्गत सङ्घीयता लादिएको तर्कलाई नमान्ने हो भने पनि एउटा कुरामा चाहिँं आशङ्कै छ–सङ्घीयता नअङ्कुराउँदै यो अवस्था छ भने लहलहाएपछि कस्तो परिदृश्य उत्रला । नेपालको राजनीतिमा सङ्घीयता प्रवेश गराउने मधेसवादी नेता यस सन्दर्भमा विशेष गम्भीर हुनु जरुरी छ । सङ्घीयताले फुटाउँदैन, जुटाउँछ र सबैलाई मेलमिलापको अँगालोमा बाँध्छ र सामाजिक सद्भाव बढाउँछ भन्ने सन्देश दिन चुक्नु हुँदैन । सङ्घीयता आफैँमा वाहियात प्रणाली नभएकामा बिरलै विमति होला तर चाहिंँदो छलफल नै नभई मनपरी ढङ्गबाट यसलाई अगाडि बढाइँदा सबैथोक भद्रगोल हुँदै गएको अनुभूति गर्नेको सङ्ख्या बढ्दो छ । सङ्घीयताले नै सबैथोक बिगारिरहेको छ, मधेस, तराईमा आगो बालिरहेको छ, पहाड शान्त छैन र हिमाल विह्वलित रहेको घडीमा यसलाई थाती राख्ने हिम्मत पनि देखाउनैपर्छ । विषबिजका रूपमा उम्रने झारलाई तत्काल सखाप पार्ने अथवा त्यसलाई अमृतबिजका रूपमा परिणत गर्ने बुद्धि, कौशल लगाउन सकिएमा नै भविष्य सुखद र सुनिश्चित हुने निश्चित छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना