• ६ चैत २०८०, मङ्गलबार

ओलम्पियन खेलाडीलाई नोवलको निःशुल्क उपचार

blog

सम्झौता पत्र आदान प्रदान गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, असार २० गते । नोवेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल कलेजले प्रदेश नं. १ का १९५ जना खेलाडीको निःशुल्क उपचार गरिदिने भएको छ ।नेपाल ओलम्पियन्स एसोसिएसन र नोबेल अस्पताल प्रालिबीच भएको सम्झौतामा पाँच वर्षको लागि भएको सम्झौता पत्रमा एसोसियसनका अध्यक्ष एर्व कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट र अस्पतालका प्रबन्ध निर्देशक ईन्दिरा शर्मा बरालले हस्ताक्षर गर्नुभएको छ । 

आइतबार मोरङको विराटनगरमा प्रदेश नं. १ खेलकुद विकास बोर्डले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा नोवेल मेडिकल कलेज र प्रदेश नं. १ खेलकुद विकास बोर्डबीच ५ वर्षसम्म ती खेलाडीहरुलाई आगामी ५ वर्षसम्म निःशुल्क स्वास्थ्य उपचार हुने गरी सम्झौता भएको हो ।

अस्पतालको केविनसहित स्वास्थ्य उपचार सेवा उपलबध गराउनुका साथै परिवारका सदस्यहरुलाई ५० प्रतिशत छुटमा सेवा दिने सम्झौता भएको नोवेल मेडिकल कलेज टिचिङ अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले बताउनुभयो । शर्माले भन्नुभयो– ‘प्रदेश नं. १ का पूर्व राष्ट्रिय खेलाडीको स्वास्थ्य उपचारको जिम्मा हामीले लिएका छौँ । औषधिबाहेक सबै सेवा निःशुल्क हुनेछ ।’ उहाँले थप्नुभयो – ‘यो पनि समाजसेवा अन्तर्गत मानवीय काम नै हो ।’  

यसैबीच, प्रदेश नं.१ का मुख्यमन्त्री राईले आइतबार मोरङको विराटनगरमा प्रदेश नम्बर १ को खेलकुद विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा प्रदेश नम्बर १ बाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान गर्नुभएको थियो । १ नं. प्रदेशबाट सम्मानित हुनेमा ओलम्पिक खेलमा सहभागी नौ, एसियाली खेलमा ३६ र साफमा सहभागी १५० खेलाडीहरु हुनुहुन्छ । सोही कार्यक्रममा अस्पताल र बोर्डबीच निःशुल्क उपचार सम्झौता भएको हो ।