बन्दबाट जनजीवन कष्टकर

सिन्धुलीमाढी, पुस २९ गते । एमाओवादीको मार्चा सहित वैद्य माओवादीले आज आह्वान गरेका मध्यमाञ्चल वन्द कार्यक्रमबाट सिन्धुली जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
स्थानीय बासिन्दाका अनुसार दरमुकाम सिन्धुलीमाढी सहित ग्रामीण क्षेत्रका बजार विहानदेखि नै खुलेका छैनन् । बीपी राजमार्गमा मोटर साईकल फाट्ट फुट्ट चले पनि अन्य यातायातका साधन भने चलेका छैनन् । त्यस्तै विद्यालय, क्याम्पस तथा अन्य सामाजिक संघ सस्था पनि ठप्प रहेका छन् ।
सदरमुकाममा सडकका चोक चोकमा बन्द आह्वानकर्ताहरु वन्दलाई सफल पार्न समूह वनाई बसेका छन् । वन्दका क्रममा कुनै अप्रिय घट्ना नभएको प्रहरीका भनाई छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना