• ६ चैत २०८०, मङ्गलबार

इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन

blog

जेरुसेलम, असार १६  गते । इजरायली सांसद्हरूले बिहीवार संसद् भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन् ।

प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस–पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि  संसद् भङ्ग भएको हो । चार वर्षभन्दा कम अवधिमा पाँचौं पटक नयाँ चुनाव हुन लागेको अधिकारीहरूले बताएका छन् । 

इजरायलमा पछिल्लो समय राजनीतिक अस्थिरता बढेको छ र प्रत्येक वर्ष जस्तो निर्वाचन भइरहेको छ तर संसद्ले स्थिरता पाउन भने सकेको छैन ।