नरहरि देवकोटा स्मृति समाज सेवा पुरस्कार वितरण

पोखरा, मङ्सिर १३ गते । हिमालय क्लब बाटुलेचौर पोखराको १९औँ स्थापना दिवसका अवसरमा शनिबार रक्तदान तथा स्व नरहरि देवकोटा स्मृति समाज सेवा पुरस्कार वितरण गरिएको छ । समाज सेवामा अतुलनीय योगदान पु¥याएको भन्दै यस वर्षको सो पुरस्कार सिद्धार्थ क्लब, पोखरालाई प्रदान गरिएको हो ।

दुई÷दुई वर्षमा वितरण गरिने सो पुरस्कारको राशि रु १५ हजार र प्रशंसापत्र रहेको छ । व्यक्ति वा संस्थालाई दिइने सो पुरस्कार यसअघि पोखराका उद्योगपति गणेशबहादुर श्रेष्ठलाई दिइएको थियो ।

पुरस्कार स्थापनाका लागि स्व नरहरि देवकोटाका परिवारले रु एक लाखको अक्षयकोष राखिदिएको क्लबका सचिव मोहन थापाले बताउनुभयो ।

रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका थिए । सो क्लबले हिमालय कृषि सहकारी संस्था स्थापना गर्न क्लबका अध्यक्ष जीव नारायण श्रेष्ठको संयोजकत्वमा तदर्थ समितिसमेत गठन गरेको छ ।

क्लबले पोखराको अर्मलास्थित ठूलीबेँसीमा रहेको १४ रोपनी जमिनमा सामुदायिक आलुुखेती गरेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना