• १६ चैत २०८०, शुक्रबार

चट्याङमा परी एकको मृत्यु

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, असार १५ गते । सिन्धुलीको तीनपाटन गाँउपालिका–७ पत्यानीमा चट्याङमा परी एक जना वृद्धको ज्यान गएको छ । मङ्गलबार राति परेको चट्याङमा परी ६० वर्षीय गोपाल तामाङको घट्नास्थलमा नै मृत्यु भएको वडाध्यक्ष युवराज पहाडीले जानकारी दिनुभयो ।

यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले भने उक्त चट्याङमा परी एक जना वृद्धको मृत्यु भएको र घटनास्थलतर्फ प्रहरी जाँदै गरेकोले विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभएको छ ।