• ६ वैशाख २०८१, बिहिबार

रौतहटको गौर र आसपास क्षेत्र जोखिममा उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागको आग्रह

blog

काठमाडौं, असार १५ गते । पछिल्लो ६ घण्टामा अविरल परेको बर्षाका कारण रौतहटको गौर र आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपरानउन आग्रह गरेको छ । रौतहट आसपासभई बहने साना नदीहरुमा बाढीको जोखिम भएकोले तटीय क्षेत्र तथा डुबान भईरहेको होभा भूभागमा रहनेहरुले उच्च सतर्कता अनपाउन मौसम विभागले आग्रह गरेको हो । 

यसैगरी अविरल परेको बर्षासँगै आएको बाढी तथा डुवानले प्रदेश १ को जनजीवन प्रभावित बन्दै गएको छ । गए रातिदेखिको निरन्तरको बर्षले पहाडी भेगमा पहिरोको जोखिम बढ्दै गइरहदा तराइमा डुवानले जनजीवन प्रवाभित बनेको हो । 

मौसम पूर्वानुमान महासाखाले आगामी तीन दिनसम्म निरन्तर बर्षा जारी रहने भन्दै सजक रहन आग्रह गर्दै गर्दा प्रदेश १ सभाका सदस्यहरुले बाढी तथा डुवानमा परेकाहरूलाइ तत्काल उद्घार तथा राहतको व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग गरेका छ्न् । 

मंगलबारको प्रदेश सभाको बैठकमा बोलेका सदस्यहरुले बाढी तथा डुवानका कारण जनजीवन प्रभावित बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। यता प्रदेश १ सरकारले भने नागरिकको उद्घार गर्नका लागि कुनै कसर बाकी नराख्ने बताएको छ । 

सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री  केदार कार्कीले डुवानमा फसेका नागरिको उद्धार कार्य जारी रहेको बताउनुभयो । ‘सरकार उद्धार तथा राहतको कार्यमा खटिरहेकोले सुचना पाउन साथ सुरक्षाकर्मीको टोली परिचालित भैरहेको छ । उहाँले भन्नुभयो, ‘विपतका बेला नागरिक सुरक्षित भएर बसौं । एकअर्कामा सहयोगको भावना राखेर काम गरौं ।’ 

मन्त्री कार्की मंगलबार डुवान तथा बाढीको निरीक्षण गर्नका लागि जानुभएको थियो । विराटनगर वडानं ६ र ११ को सिमानामा केसलीया खोलाको अनुगमनका क्रममा मन्त्री कार्की पीडितसँगै रहनुभएको थियो ।