• ८ वैशाख २०८१, शनिबार

करार कर्मचारीलाई हाजिर गर्न रोक

blog

घोडाघोडी (कैलाली), असार १५ गते । कैलालीको घोडाघोडी नगरपालिकाले अस्थायी करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई कार्यालयमा काम गर्नबाट रोक लगाउने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै साउन १ गतेबाट काममा हाजिर नहुन भनेको छ । 

घोडाघोडी नगरपालिकाका विभिन्न शाखा, उपशाखा, सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत कर्मचारीलाई आगामी आर्थिक वर्ष २०७९/८० साउन १ गतेदेखि म्याद थप भएको पत्र प्राप्त नहुँदासम्म कार्यालयमा हाजिर नगर्न नगराउन जानकारीपत्र पठाएको छ ।

नगरपालिकामा अस्थायी करार र ज्यालादारी कर्मचारीका विषयमा हालै सम्पन्न नगर सभामा समेत विभिन्न राजनीतिक दलका प्रतिनिधिले चासो व्यक्त गर्नुभएको थियो । आवश्यकताका आधारमा प्रक्रिया पूरा गरेर आएका कर्मचारीलाई काम गर्ने वातावरण दिनुपर्ने उहाँहरूको भनाइ थियो । पहिलो स्थानीय सरकारको पालामा राखेका कतिपय कर्मचारीको करार नवीकरण नहुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले अस्थायी, करार कर्मचारीको समयावधि सकिएकाले अर्को निर्णय नआउँदासम्मका लागि हाजिर नलगाउन पत्रचार गरिएको प्रतिक्रिया दिनुभयो । उहाँले नगरपालिका, सबै वडा, स्वास्थ्यमा गरी एकसयभन्दा बढी अस्थायी करार र ज्यालादारी कर्मचारी रहेको बुझिए पनि ठ्याक्कै तथ्याङ्क आइनसकेको बताउनुभयो । उहाँले सबै कर्मचारीको तथ्याङ्क मागेको बताउँदै कामै नगरी बसेका, आवश्यकताभन्दा बाहिर गएर राखिएको पाइएमा करार नविकरण नहुन पनि सक्ने बताउनुभयो ।

नयाँ निर्वाचित जनप्रतिनिधिले आफूअनुकूलका कर्मचारी फेरबदल गर्न सक्ने धेरैको आँकलन छ । तर नगरप्रमुख खड्क रावतले भने कर्मचारी फेरबदल गर्ने मनस्थितिमा नभएको प्रतिक्रिया दिनुभएको छ ।आफू कर्मचारी हटाउने पक्षमा नरहेको बताउँदै नगरप्रमुख रावतले भन्नुभयो, “हामीसँग स्थायीबाहेकका कर्मचारी के–कति छन् भन्ने तथ्याङ्कसमेत रहेनछ । कतिपय अवस्थामा कर्मचारीले नै एक–अर्कालाई नचिन्ने अवस्था रहेछ ।