• १६ चैत २०८०, शुक्रबार

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

blog

१. एसिया डेभलपमेन्ट लिडरसिप अवार्ड, २०२२ बाट सम्मानित हुने नेपाली को हुन् ? 

सुरेन्द्र भट्टराई 

मलेसियास्थित विश्वभर अनुसन्धान÷खोजमा कार्य गर्दै आएको रिसर्च अन्डर लिटरल एक्सेस नामक संस्थाले नेपालका सुरेन्द्र भट्टराईलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको । 

५० भन्दा बढी विधामा प्रदान गरिने अवार्डमा नेपालका तर्फबाट भट्टराई सम्मानित हुनुभएको ।

२. सञ्चारकर्मी रवि लामिछानेले नेपाल स्वतन्त्र पार्टी गठनको घोषणा कहिले गरेका हुन् ?

वि.सं. २०७९ असार ७

सङ्घ र प्रदेशको आमनिर्वाचन घोषणाको पूर्वसन्ध्यामा लामिछानेले राजनीतिक यात्राको सुरुवात गरेका ।

केन्द्रीय समितिमा ५० प्रतिशतभन्दा बढी युवालाई समेट्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डासहित आमनिर्वाचनमा सहभागी हुने बताइएको ।

३. अन्तर्राष्ट्रिय सङ्गीत दिवस कहिले मनाइन्छ ?

जुन २१

सङ्गीत दिवसको सुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ ।

नेपालमा वि.सं. २०५५ देखि यो दिवस मनाउन थालिएको ।

४. मानव जातिको भावी पुस्तामा सुधार ल्याउने उद्देश्यका साथ विकसित गरिएको जेनेटिक्स इन्जिनियरिङलाई के भनी चिनिन्छ ?

युजेनिक्स 

५. नेपालका प्रमुख पर्यटकीय गन्तव्य एवं सोसँग सम्बन्धित विविध गतिविधि समेटिएको एपलाई के भनी चिनिन्छ ?

वेलकम नेपाल 

६. नयाँ ग्रह पत्ता लागेको सैद्धान्तिक आधार प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन् ?

सुमन सत्याल

७. गोल्डन रुल भन्नाले के बुझिन्छ ?

कुनै कार्यमा सफलता हासिल गर्न स्थापित सिद्धान्त तथा नियमका साथै नैतिक आचरणसँग सम्बन्धित नियमहरू ।

८. ‘लिच्छवि लिपि’ नामक कृतिका लेखक को हुन् ?

डा. नयनाथ पौडेल 

९. हाल (मे २०२२) नेपालका लागि भारतीय राजदूत को नियुक्त भएका छन् ?

नवीन श्रीवास्तव 

भारतीय विदेश मन्त्रालयका पूर्वी एसिया डिभिजनका प्रमुख श्रीवास्तव सन् २०१५ देखि १०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रूपमा काम गरिसकेका । 

उनी अमेरिका, चीन र हङकङमा विभिन्न जिम्मेवार पदमा रही कार्य गरेका । 

१०. उत्कृष्ट एनओसी अवार्ड, २०२२ बाट पुरस्कृत हुने खेलाडी को हुन् ?

पौडीकी ओलम्पियन गौरिका सिंह र व्याडमिन्टन खेलाडी प्रिन्स दाहाल 

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा गौरिकाले एनओसी उत्कृष्ट महिला खेलाडी अवार्ड प्राप्त गरेकी ।

त्यस्तै सन् २०२२ को पुरुषतर्फ उत्कृष्ट भएका व्याडमिन्टनका दाहालले एनओसी अवार्ड प्राप्त गरेका ।

११. मन्ट्रियल महासन्धि कहिले जारी भएको हो ?

सन् १९९९ मे ८ 

(यो सन्धि सन् २००३ नोभेम्बर ४ बाट लागू भएको ।)

१२. लमजुङ जिल्लास्थित डादीखोलामा निर्माण गरिएको न्यादी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

३० मे.वा. 

न्यादी जलविद्युत् आयोजनाले २०७९ वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको । 

सो आयोजनाले वैशाख २७ देखि उत्पादित विद्युत् शुल्क पाउने गरी २०७९ असार ७ मा नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको ।

आयोजनाको बिजुली २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेसनबाट राष्ट्रिय प्रणालीमा जोडिएको ।

१३. काठमाडौँको मौसम सम्बन्धमा जानकारी गराउने उद्देश्यले ‘सफा हावा एप’ कहिले सार्वजनिक गरियो ?

वि.सं. २०७४ चैत १५

१४. सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभामा सांसद र मन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सुरुवात कहिलेदेखि गरिएको हो ?

वि.सं. २०७५ भदौ १८

प्रतिनिधि सभा नियमावली, २०७५ को परिच्छेद ८ को व्यवस्थाअनुसार प्रत्यक्ष कार्यक्रम सुरु गरिएको ।

प्रश्नोत्तर कार्यक्रम सञ्चालनका लागि मन्त्रालयअनुसार बार निर्धारणसमेत गरिएको ।

५. विराटनगर र वीरगञ्जलाई महानगरपालिका घोषणा कहिले गरिएको हो ?

वि.सं. २०७४ जेठ १७ 

१६. सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो ?

रौतहट (१६ वटा) 

१७. भृकुटी कागज कारखाना कहिलेदेखि बन्द भएको हो ?

वि.सं. २०६७

वि.सं. २०३७ देखि सञ्चालित सरकारी स्वामित्वको यो कारखाना २०४८ सालमा गोल्छा अर्गनाइजेसनलाई ३० करोड ९८ लाख रुपियाँमा बिक्री गरिएको थियो । 

यो कारखाना करिब ५६ बिघा क्षेत्रफलमा फैलिएको छ ।

८. विश्वकप फुटबल–२०२२ को सञ्चालन अवधि कुन हो ?

सन् २०२२ नोभेम्बर २१ देखि डिसेम्बर १८  (आयोजक : कतार) 

यस प्रतियोगितामा विभिन्न महादेशबाट छनोट हुन सफल ३२ राष्ट्र :

एसिया तथा अस्ट्रेलिया महादेश ; आयोजक कतार, साउदी अरब, जापान, दक्षिण कोरिया, इरान र अस्ट्रेलिया, 

युरोप : जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, क्रोएसिया, स्पेन, सर्बिया, इङ्ग्ल्यान्ड, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्यान्ड, वेल्स ।

उत्तर तथा मध्य–अमेरिका  : क्यानडा, अमेरिका, मेक्सिको र कोस्टारिका । 

दक्षिण अमेरिका :ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर । यस पटक दक्षिण अमेरिकी क्षेत्रबाट कोलम्बिया, पेरु र चिली विश्वकपमा छनोट हुन नसकेका । 

अफ्रिका :घाना, सेनेगल, ट्युनिसिया, मोरक्को  र क्यामरुन । 

१९. हाल अतिकम विकसित राष्ट्र सबैभन्दा बढी कुन महादेशमा रहेका छन् ?

अफ्रिका 

०. व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

वाणिज्यमन्त्री वा राज्यमन्त्री

२१. अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नाममा ‘नोर्गे मोन्टस’ राखेको छ ?

प्लुटो 

२२. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ? 

धर्म कचहरी 

२३. नेपालमा दिगो आर्थिक विकास र मजबुत ग्रामीण अर्थतन्त्रद्वारा गरिबी निवारण गर्ने बलियो आधार केलाई मानिएको छ ? 

कृषि 

२४. नेपालमा सन् २०३० सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ?

१४ प्रतिशत

कुपोषणलाई सन् २०२५ सम्म २४ प्रतिशतमा र सन् २०३० सम्म १४ प्रतिशतमा झार्ने लक्ष्य राखिएको । नेपालका बालबालिकामा यो दर घट्दो क्रममा रहको । सन् २००१ मा ५७ प्रतिशतमा रहेको कुपोषण सन् २०१६ मा ३६ प्रतिशतमा झरेको ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशतमा कम तौल र १० प्रतिशतमा ख्याउटेपन रहेको ।

पाँच वर्षमुनिका बालबालिकाको अधिक तौल १.२ प्रतिशत, प्रजनन उमेरका महिलामा दुब्लोपन १७ प्रतिशत रहेको ।

राष्ट्रिय सूक्ष्म पोषकतìव सर्वेक्षण २०१६ अनुसार नेपालका ३२ प्रतिशत किशोर किशोरीमा भोकमरीको जोखिमका कारण पुड्कोपन देखिएको । त्यस्तै २३ प्रतिशत किशोर र १४ प्रतिशत किशोरीमा दुब्लोपन देखिएको ।

कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि पाँचवर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको ।

पहिलो योजना सम्पन्न भएपछि अहिले दोस्रो चरणको पाँचवर्षे (२०१८–२०२२) योजना कार्यान्वयन भएको ।

२५. क्लोरिन ग्यासको खोजकर्ता को हुन् ?

कार्ल–विलहेल्म शिले (सन् १७७४)

(हरित पहेँलो रङ मिश्रित यो ग्यास औद्योगिक क्षेत्रमा प्रयोग हुन्छ साथै विषालु ग्यास हतियार बनाउनसमेत प्रयोग गरिन्छ ।)

२६. प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ रहेको छ ?

काठमाडौँ

(पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर काठमाडौँदेखि करिब १० किलोमिटर उत्तर–पूर्व बागमती नदी किनारमा रहेको ।)

२७. सरकारले नेपाल स्वच्छ वातावरण महाअभियान घोषणा कहिले गरेको हो ?

वि.सं. २०७५ असार २२

२८. कुन राष्ट्रले विश्वको पहिलो ‘स्वच्छ वाणिज्य आणविक रिएक्टर’ बनाउन लागेको हो ?

चीन

२९. भारतीय प्रिमियर लिग (आईपीएल)को १५औँ संस्करणको उपाधि कसले जित्यो ?

गुजरात टाइटन्स

राजस्थान रोयल्सलाई हराएर गुजराजले डेब्युमै उपाधि हात पार्न सफल भएको ।

उपाधिसँगै हार्दिक पाण्डेको नेतृत्वमा रहेको टोली गुजरातले २० करोड भा.रु. पुरस्कार प्राप्त गरेको । त्यस्तै उपविजेता बनेको राजस्थानले १२.५ करोड भा.रु. हात पारेको । तेस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स 

बैङ्गलोरले सात करोड भा.रु. पुरस्कार प्राप्त गरेको ।

लखनउ सुपर जायन्टस्ले चौथो हुँदै ६.५ करोड भा.रु. प्राप्त गरेको । 

राजस्थान रोयल्सका जोसवटलरले छ विधामा उत्कृष्ट हुँदै धेरै पुरस्कार रकम हात पारेका । 

फाइनलमा टोलीलाई जित दिलाउन प्रमुख भूमिका निर्वाह गरेका हार्दिक पाण्डेले फाइनलको प्लेयर अफ द म्याच घोषित हुँदै पाँच लाख भा.रु. प्राप्त गरेका ।

३०. यस वर्षको इच्छुक स्मृति पुरस्कार–२०७८ कसलाई प्रदान गरियो ?

प्रगतिवादी धाराका साहित्यकार रविकिरण निर्जीव र यज्ञबहादुर डाँगी (संयुक्त रूपमा) 

पुरस्कारको राशि रु. एक लाख रहेको । 

यस वर्षको साहित्यतर्फको इच्छुक प्रतिभा पुरस्कार–२०७८ काजीबाबु श्रेष्ठ (काजी गाउँले) र कविता पुन मगरलाई प्रदान गरिएको ।

जनयुद्धका क्रममा सहादत प्राप्त गरेका प्रगतिवादी धाराका साहित्यकार कृष्ण सेन इच्छुकको नाममा पुरस्कार स्थापना गरिएको । 

यो पुरस्कार इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रगतिवादी साहित्य र कला क्षेत्रका साहित्यकार तथा कलाकर्मी एवं प्रतिभालाई प्रदान गर्दै आएको ।

प्रस्तुतकर्ता : टंक के.सी.