• १६ चैत २०८०, शुक्रबार

खाद्य सुरक्षामा धानको स्थान सर्वाेपरि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका रैथाने धानका जातको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरेर मुलुकलाई धान, चामलमा आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ ।उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक महत्त्वसँग धान खेतीको सम्बन्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले नेपालीको आधारभूत खाद्यवस्तुको स्रोतका रूपमा रहेको धान बालीले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिनुका साथै खाद्य सुरक्षाको दृष्टिले समेत सर्वाेपरि स्थान ओगटेको उल्लेख गर्नुभएको छ । 

नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ कार्यान्वयन भइरहेको उल्लेख गर्नुभएको छ । उहाँले भोकमरी अन्त्य गर्नेलगायतका दिगो विकासका लक्ष्यहरू प्राप्ति गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  

उहाँले सिँचाइ सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार, न्यूनतम मूल्यको कार्यान्वयन, बाली बीमा प्रवद्र्धनलगायतका विषयमा सरकारले काम गर्दै आएको सन्देशमा उल्लेख गर्नुभएको छ । 

‘गुणस्तरीय शिक्षाप्रति सरकार दृढ’

राससका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ सङ्कल्पित रहेको बताउनुभएको छ । पोखरा विश्वविद्यालयको २२औँ साधारण सभाको मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षता गर्नुहुँदै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले उच्च शिक्षालाई देशको आवश्यकतामुखी, रोजगारमुखी, व्यावहारिक र गुणस्तरीय बनाउन सरकार दृढ रहेको बताउनुभयो ।

शैक्षिक क्षेत्रमा देखिएका विसङ्गतिको अन्त्य गर्दै शिक्षामा गुणस्तर अभिवृद्धि गर्ने कार्यमा सरकारको पूर्ण सहयोग रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सुन्दर नगरी पोखरामा अवस्थित पोखरा विश्वविद्यालय मुलुककै उच्च शिक्षाको एउटा गहना रहेकाले समाजलाई समुन्नत बनाउन र मुलुकलाई विकासको पथमा डो-याउन यसको महìवपूर्ण भूमिका रहेको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो । मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम नभएसम्म विकासले गति लिन नसक्ने उल्लेख गर्नुहुँदै उहाँले यसका लागि विश्वविद्यालयको भूमिका महìवपूर्ण रहनेमा जोड दिनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम तथा रजिस्टार डा. दीपकबहादुर भण्डारीले बजेट प्रस्तुत गर्नुभएको थियो । सभाले आर्थिक वर्ष २०७९/८० का लागि कुल रु. एक अर्ब ४६ करोडको बजेट स्वीकृत गरेको छ ।