• १६ चैत २०८०, शुक्रबार

दुर्घटनमा मोटरसाइकल सवार दुईजनाको मृत्यु

blog

अमरराज नहर्की

तनहुँ, असार १७ गते । पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिका–१२ देउरालीमा मङ्गलबार ५:५० बजे दुर्घटना हुँदा मोटर साइकलमा सवार दुईजनाको मृत्यु भएको छ । 

डुम्रेबाट दमौली जाँदै गरेको बा ४३ प ३०२० न.को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ४१८२ न.को बलेरोले जीप ठक्कर खाँदा मोटर साइकलमा सवारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मकवानपुर हेटौँडा उपमहानगरपालिका–१३ घर भई हाल गजरमुखी प्रा.लिमा काम गर्ने मोटरसाइकलका चालक वर्ष २६ को जयराम मोक्तान र पछाडि सवार मकवानपुर भीमफेदी गाउँपालिका–१ घर भई हाल गजरमुखी प्रा.लिमा काम गर्ने वर्ष २३ को दिपेश गोलेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिनुभयो । 

दुर्घटनामा सख्त घाइते भएपछि उपचारका लागि ल्याइएका साँझ ७:१५ बजे जिल्ला अस्पताल दमौलीको डाक्टरद्वारा मृत घोषणा गरेको उहाँले जानकारी दिनुभयो । दुवै सवको पोष्र्टमार्टमका लागि दमौली अस्पतालको शवगृहमा राखिएको उहाँले जानकारी दिनुभयो । बलेरो र बलेरो चालक जिल्ला प्रहरी कार्यालय तनहुँको  नियन्त्रणमा रहेको ट्राफिक प्रमुख नेपालले जानकारी दिनुभयो ।