• १६ चैत २०८०, शुक्रबार

समाजवादीको केन्द्रीय परिषद् बैठक : राजनीतिक र सांगठनिक प्रतिवेदन पारित

blog

फाइल तस्बिर

काठमाडौं, असार १४ गते। नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय परिषद्को बैठकले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको छ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सोमबारदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि ११ समूहमा छलफल भएको थियो। 

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार छलफलमा विद्या ढकाल, नरेशकुमार भण्डारी, सूर्यचन्द्र न्यौपाने, विजय गुरुङ, प्रतावलाल श्रेष्ठ, सुधिर साह, कृष्णप्रसाद सापकोटा, अर्जुन राई, मोहनबहादुर के.सी., हर्कबहादुर सिंह र अम्मरबहादुर थापाले बैठकमा प्रस्तुत गर्नुभएको हो। 

बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, पाँच दलीय वाम तथा लोकतान्त्रिक गठबन्धनको आवश्यकताका सन्दर्भमा गहन छलफल गर्दै संगठन निर्माण विशेष कार्ययोजना र आगामी सङ्घीय तथा प्रदेश सभा निर्वाचनको तयारी योजना पारित गरेको खतिवडाले बताउनुभयो।