• १३ वैशाख २०८१, बिहिबार

जैशीदेवलका तेक्वान्दो खेलाडी इन्डिया ओपनमा

blog

विदाई समारोहमा जैशिदेवल तेक्वान्दो डोजाङका खेलाडीहरु । तस्बिर : गोरखापत्र

काठमाडौं, असार १४ गते । जैशिदेवल तेक्वान्दो डोजाङका खेलाडीहरुले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सो प्रतियोगता असार १७ देखि १९ गतेसम्म हुनेछ ।

जैशिदेवल युथ क्लबद्वारा सञ्चालित जैशिदेवल तेक्वान्दो डोजाङले मङगलबार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने ११ खेलाडीसहित १४ सदस्यीय टोलीलाई विदाइ गरेको छ ।

नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य तथा काठमाडौँ जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, जैशिदेवल युथ क्लबका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक राजेश प्रजापतिलगायतले खेलाडीलाई शुभकामनासहित विदाइ गर्नुभयो । तेक्वान्दो टोली मंगलबार नै भारत प्रस्थान गरेको छ । 

प्रतियोगितामा जुनियरतर्फ सुरेश हाङ लिम्बु, राहुल लिम्बु, राजीव गुरुङ, सन्देश राई, रोजन प्रजापति, झरना थापा मगर, आस्ना राना मगर, सोनी बानियाँ तथा क्याडेड इभेन्टमा समर लामा, मुविक्क्षा गजुरेल र समर्थध्वज जोशीले प्रतस्पर्धा गर्नुहुनेछ । प्रशिक्षमा अन्जित राई, टिम व्यवस्थापकमा रमेश प्रजापति र अफिसयलमा भरत कारञ्जित हुनुहुन्छ । 

अध्यक्ष प्रजापतिले भारतमा खेल्ने टिमको सम्पूर्ण खर्च जैशिदेवल युथ क्लबले नै वेहोरेको जानकारी गराउनुभयो । उहाँले प्रतियोगितामा खेल्न दुई लाखभन्दा बढी रुपियाँ लाग्ने जानकारी पनि दिनुभयो ।