सार्कलाई अवसरका रुपमा उपयोग गर्नुपर्नेमा जोड

काठमाडौँ,  मङ्सिर ५ गते ।  परराष्ट्रविद् एवम् नेपालस्थित विदेशी कूटनीतिज्ञहरुले मङ्सिर १० र ११ गते नेपालमा हुने सार्क शिखर सम्मेलनलाई सबै सदस्य राष्ट्रले अवसरका रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
रिपोटर्स क्लब नेपालले आज यहाँ आयोजना गरेकोे ‘१८औँ सार्क शिखर ः सम्भावना र चुनौती’ विषयक साक्षात्कार कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जित रेले सार्कमार्फत यस क्षेत्रलाई सडक, रेलमार्ग र व्यापारलगायत भौतिक रुपमा सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री डा भेषबहादुर थापाले सार्कको पूर्वाधार, सचिवालय र सम्बन्ध विस्तारलाई बढावा दिई सार्कका उपलब्धि र घोषणाको कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपालका लागि बङ्गलादेशका राजदूत श्रीमती मासफी बिन्टे शाम्स, नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यु एस सेनेभिराथ्ना, परराष्ट्रविद् डा निश्चलनाथ पाण्डेले यस क्षेत्रका समस्या समाधानका लागि सार्क सम्मेलनलाई अवसरका रुपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना