• ६ चैत २०८०, मङ्गलबार

जबज र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध : नेता पौडेल

blog

कार्यक्रममा सहभागी एमाले उपाध्यक्ष बिष्णु पौडेल तथा अन्य नेतागण । तस्वीर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, असार १३ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपाल, रूपन्देही शाखाले सोमवार तिलोत्तमामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताउनुभयो ।

जनताको बहुदलीय जनवाद मान्ने एमाले सधैं अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो –‘हामी अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छौं । ओठेभक्ति र स्तूति होइन, मनैदेखि सैद्धान्तिक अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा छौं ।’ 

मदन भण्डारीले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ र प्रतिस्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने मूलधारणा प्रतिपादन गर्नुभएको भन्दै पौडेलले जनताको बहुदलीय जनवादका अलग अलग विशेषतालाई नागरिकबीच पु¥याउन आफू निरन्तर लागेको बताउनुभयो । 

भण्डारीले शिक्षा र स्वास्थ्य सबै नागरिकका लागि सर्वसुलभ बनाउनुपर्छ भन्दै लैङ्गिक र सामाजिक समावेशीकरणका मुद्दामा काम गर्नुपर्ने विचार प्रतिपादन गरेको नेता पौडेलको भनाइ छ । 

फरक प्रसङ्गमा पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीका लावालस्कर नलैजान नेता कार्यकताहरूलाई आग्रह गर्नुभयो ।