• ६ चैत २०८०, मङ्गलबार

ललितपुर महानगरद्वारा बालबालिकालाई दिने खोप अभियान स्थगित

blog

काठमाडौं, असार १३ गते । ललितपुर महानगरपालिकाले ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई दिने कोरोनाविरुद्धको खोप अभियान स्थगित गरेको छ ।

सोमबार महानगरले सूचना निकाल्दै असार १४ गतेदेखि उक्त खोप स्थगित गर्ने निर्णय गरेको हो । 

सरकारबाट आवश्यक मात्र खोप उपलब्ध नभएकोले खोप अभियान स्थगित गरेको महानगरले सूचनामा उल्लेख छ ।

महानगरले सरकारबाट खोप सुनिश्चितता हुनसाथ सूचना प्रकाशित गरी कार्यक्रम यथाशीघ्र सञ्चालन गर्ने जानकारी दिएको छ । 

महानगरले असार १० गतेदेखि १५ गतेसम्म उक्त उमेर समूहका बालबालिकाका लागि खोप लगाउने निर्णय गरेको थियो ।