पेरुमा ७.५ रिक्टर स्केलको भूकम्प

 

 

peru 1लिमा, मङ्सिर ९ गते। पेरुमा मङ्गलबार अपराह्न ७।५ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । सो भूकम्पबाट उत्तरपश्चिममा पर्ने सहर इबेरिया प्रभावित भएको पेरु भू–शास्त्र अध्ययन संस्थाले जानकारी दिएको छ ।

यस भूकम्पको केन्द्र विन्दु ६०० किलोमटिर गहिराईमा आमाजोनिान क्षेत्रदेखि दुर्गम इलाकामा रहेको जनाइएको छ । प्रारम्भिक समाचारमा यस भूकम्पबाट हताहत भने नभएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

तर नागरिक प्रतिरक्षा मन्त्रालयले भने भूकम्प प्रभावित क्षेत्रमा भएका क्षतिहरुको निरीक्षण सुरु गरिएको जनाइएको छ ।

यस भूकम्पको कम्पन ब्राजिल, बोलिभिया, चिली, कोलोम्बिया, इक्वेडर र अर्जेन्टिनामा समेत महसूस गरिएको सञ्चारमाध्यमहरुले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार पेरुको सोही क्षेत्रमा केही घण्टापछि ५।९ रिक्टर स्केलको पराकम्पन गएको छ । रासस÷सिन्ह्वा

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना