सरकार चुप लागेर बस्दैन- उप–प्रम रावल

मङ्गलसेन, मङ्सिर ८ गते । उप–प्रधान तथा रक्षा मन्त्री भीम रावलले तराईको आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीमा सरकार चुप लागेर नबस्ने बताउनुभएको छ ।

गृहजिल्ला अछाममा प्रेस चौतारी नेपाल अछाम शाखाको मङ्गलबार बेलुकी मङ्गलसेनमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा भएको समस्या तथा सीमा नाकामा धर्ना बस्ने तथा सीमा पारी गएर नेपालमाथि ढुङ्गा हान्नेमाथि सरकार चुप लागेर नबस्ने बताउनुभएको हो ।

सीमा अवरोध र अघोषित नाकाबन्दी अमानवीय, अलोकतान्त्रिक र सभ्य व्यक्तिले गर्नै नहुने कार्य भएको टिप्पणी गर्नुभयो ।

उप–प्रधान तथा रक्षा मन्त्री रावलले नेपाली जनताका प्रतिनिधिले आठ बर्षपछि ९० प्रतिशतभन्दा बढीको सहमतिमा जारी गरिएको संविधानको कुप्रचार गरिएको भनाइ राख्नुभएको छ ।

संविधानका कमजोरी वार्ताबाट सुधार गर्न सकिने भन्दै वार्तालाई अस्वीकार गर्दै आन्दोलन चर्काउनुको भित्री रहस्य सबैले बुझिसकेको भनाइ राख्नुभयो ।

भारतको अघोषित नाकाबन्दी लामो समयसम्म रहे नेपालको मात्र नभई भारतको समेत हितमा नरहेकोले लामो समय नरहने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, “भारतको संविधान ६५ प्रतिशत र अमेरिकाको संविधान ५५ प्रतिशतको सहमतिमा जारी भएको छ ।”

सङ्घीयतामा सिमानाको विवादबारे बोल्दै उप–प्रधानमन्त्री रावलले हिमाल पहाड तराई मिलेर बसेको देशमा पहाडलाई तराईसँग जोड्नै नहुने किन भन्दै प्रतिप्रश्न गर्नुभयो ।

देशलाई अप्ठेरो र राष्ट्रिय अखण्डता कायम हुनुपर्ने भन्दै सुदुरपश्चिम अखण्ड नै रहने दाबी गर्नुभएको छ ।

सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको यथाशीघ्र व्यवस्था गर्नका लागी गहन रूपमा लागिरहेको समेच भनाइ राख्नुभयो ।

अबका केही दिनमै देशमा सहज अवस्था ल्याउने गरी काम भइरहेको समेत जानकारी दिनुभयो ।

उप–प्रधानमन्त्रीसहित रक्षा मन्त्री नियुक्त भएपछि पहिलो पटक अछाम पुग्नुभएका रावल बुधबार आफ्नो पार्टीका विभिन्न जिल्लास्तरीय कार्यक्रममा सहभागी हुँदै बुधबार नेपालगञ्ज फर्कनुहुनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना