भक्तपुरमा दैनिक आठ सय पर्यटक


रञ्जना थापा, भक्तपुर पुष २६, ऐतिहासिक, धार्मिक र सा“स्कृतिक रुपले निकै ख्याती कमाएको भक्तपुरमा पर्यटकहरुको आगमन दिन प्रति दिन बढ्दै गएको छ । भक्तपुर पर्यटकहरुको लागि प्रख्यात क्षेत्र हो । विशेष गरि जाडा् मौसममा बढी पर्यटक अवलोकनको लागि आउने गर्दछन् ।
    भक्तपुर पर्यटक क्षेत्रको रुपमा रहेको हु“दा पहिलेको तुलनामा  बढी पर्यटकहरु धुम्नको लागि आउने गरेका छने । यहा“को सुन्दरता जति छ त्यति पर्यटकको आखा“ पुग्न सकेको छ । नेपालमा भित्रीयका पयटक मध्ये धेरै पर्यटकहरु भक्तपुर नगर भ्रमण गर्न आउने गर्दछन । भक्तपुरले धार्मिक क्षेत्रको हिसाबले मात्र नभई पर्यटकीय हिसाबले पनि त्यतिनै ख्याती कमाएको छ ।
    भक्तपुर नगरपालिकाका अनूसार सन् २०१४ मा दुई लाख ९० हजार आठ सय ३५ जना पर्यटकले अवलोकन गरेका छने । त्यस मध्ये सार्क मुलुक भित्रबाट मात्रै एक लाख ३६ हजार ९ सय ९६ जना र अन्य मुलुकबाट एक लाख त्रिपन्न हजार आठसय ९५ जना पर्यटक धुम्न आएको भक्तपुर पर्यटक सेवा केन्द्रका अध्यक्ष दामोदर सूवालले बताउनु भयो ।
    यस क्षेत्रको सुन्दरतामा पर्यटकको आखा“ पुग्ने गर्दछ । सुन्दरता देखेर पर्यटकहरु यहा“ आउन रुचाउछन् । अहिले भक्तपुरमा दैनिक ८ सयको आशपासमा पर्यटक भित्रीने गरेका छन् । सन् १९९२ बाट आन्तरिक तथा बाह्रय पर्यटकको तथ्याङ्क राख्न थालेको हो । तथ्याक अनूसार सन् २०१३ बाट आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क राख्न थालेको हो । त्थ्याङ्क अनुसार सन् २०१३ मा दुई लाख ५८ हजार दुई सय ४४ जनाले भक्तपुर क्षेत्रको भ्रमण गरेका थिए । तथ्याक अनुसार बार्षिक पर्यटकको भित्रीने त्रममा बृद्धि हुदै आएको छ । संख्यामा बृद्धिस“गै भक्तपुरमा बार्षिक १४ करोड रुपैया भित्रीने सुवालले जानकारी दिए ।
    विशेष गरि भक्तपुरको आकर्षक केन्द्र विन्दू भनेको विश्व सम्पदा सूचीमा रहेको चागुनारायण, पा“चतल्ले मन्दिर र पचपन्न¤याले दरबारको जस्ता सम्पदाहरुको अवलोकन गर्नको लागि पर्यटक भक्तपुर भित्रीने गर्दछन् । पक्षका साथै नगरकोटमा पनि पर्यटक धुम्न आउने गर्दछन् । यस्ता क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा लिइन्छ ।
    पर्यटकीय क्षेत्रका व्यापारी निर्मला प्रजापतीले भन्छिन् पर्यटकको बृद्धि स“गै व्यापार ब्यवसायमा बृद्धि भएको छ । होटल व्यवसायीहरुले पर्यकहरुको राम्रो सत्कार गर्ने भएकाले पनि पर्यटकको आगमनमा बृद्धि भएको छ । साथै यसको नेवारी खानाले पनि पर्यटकको मन जितेको छ । नगरकोटमा पर्यटकहरु विहानीको सुर्यदय हेर्न रुचाउछन् ।
    भक्तपुर सम्पदा र सुन्दरताको अवलोकन गर्नको लागि सार्क मुलुकका नागरिकलाई प्रवेश शुल्क पाच सय र अन्य मुलुकका नागरिकलाई एक हजार पा“च सय तिर्नु पर्ने हुन्छ । यसरी संकलन गरिएको रकम पर्यटकलाई मध्यनजरमा राखेर सार्वजनिक सौचालय, जिर्न अवस्थामा रहेका भठ–मन्दिर, पाटी पौवाको निर्माण र ऐतिहासीक सम्पदाहरुको संरक्षण र मर्मत कार्यका लागि खर्च गर्ने गरिन्छ । यसले गर्दा कला संस्कृतिलाई जोगाई राख्नको लागि सहयोग गर्दछ । पर्यटकको बृद्धि संगै भक्तपुरको आर्थिक विकासमा टेवा पुगेको छ ।
    पर्यटकको आकर्षनको रुपमा रहेको नगरकोट क्षेत्रको पर्यटकको बृद्धिसंगै विकास पनि हुदै गएको छ । पहिलेको तुलनामा हाल भक्तपुर नगर प्रति पर्यटकको आकर्षण बढ्दै गएको छ । भक्तपुर नगरमा नेवारी संस्कृतिको बाहुल्यता रहेता पनि यो क्षेत्रमा अन्य जन–जातीको पनि बसोबास रहेको छ । पर्यटकको बृद्धिले गर्दा भक्तपुरको आर्थिक सामाजिक पक्षको पनि विकास हुन्छ । भक्तपुर नगरका एतिहासिक सुन्दरता आकर्षक, रमणिय क्षेत्रको अवलोकन, स्मरण र भ्रमणका लागि दिन प्रति दिन पर्यटकको आगमन बढ्दै छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना