• ११ वैशाख २०८१, मङ्गलबार

पौडी खेल्न गएका दुई बालकको पोखरीमा डुबेर मृत्यु

blog

कविराज घिमिरे

  धनकुटा, असार ११ गते। धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ। पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका ५ का १५ वर्षीय स्वर्णिम राई र धनकुटा नगरपालिका २ का १५ वर्षीय उदय राईको मृत्यु भएको प्रहरीले जनाएको छ। 

धनकुटा नगरपालिका–६ पात्लेखोला किनारामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा डुबेर  शनिबार दिउँसो उनीहरुको मृत्यु भएको हो।

पौडी खेल्ने क्रममा पोखरीमा डुबेरका दुवै जनाको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घरबाट स्वर्णिम र उदयसँगै गएका धनकुटा नगरपालिका ५ का सन्देश राईको भने उद्धार भएको छ। 

  घरबाट बिहान निस्केका उनीहरु हिँड्दै ११ बजे पोखरीमा पुगेको र पौडी खेल्ने क्रममा हराएपछि पोखरीमा खोजी गर्ने क्रममा डुबिरहेका दुवैलाई निकालिएको थियो। 

पोखरीबाट निकालेर उपचारका लागि धनकुटा अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।