• ७ वैशाख २०८१, शुक्रबार

बाढीले बगाएकाहरुको उद्धारसम्बन्धी नमुना अभ्यास

blog

लमजुङको बेँसीसहरस्थित मध्यमस्र्याङदी जलविद्युत आयोजनाको जलाशयमा विपद् सम्बन्धी नमुना अभ्यास गरिँदै । तस्बिरः बेलिना थापा

बेलिना थापा

लमजुङ, असार ११ गते । बेंसीसहर नगरपालिका २, गैरीमुनी भीरमा घाँस काट्नेक्रममा चिप्लिएर एक महिला मस्र्याङ्दी नदीमा खस्नुभयो । नदीमा खस्दैगर्दा चिच्याएको आवाज पारीपट्टीका स्थानीयले सुनेपछि हारगुहार गरे । स्थानीयले प्रहरीमा खबर गरे । मनसुन सुरु भएसँगै बढेको मस्र्याङ्दी नदीको ठूलो भेलले ती महिलालाई ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा लग्यो । प्रहरीले प्रमुख जिल्ला अधिकारीलाई घटनाबारे जानकारी गरायो । 

प्रमुख जिल्ला अधिकारीले जिल्ला विपद् व्यवस्थापन समितिको संयुक्त टीमलाई तुरुन्त उद्दारका लागि निर्देशन दिनुभयो । उद्दारमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी खटिए । नेपाली सेनाको माउण्टेन ¥यापलिङ रेस्क्यु ग्रुपले भीरबाट खसेको महिलालाई पछ्याउँदै नदीमा हाम फाल्यो । 

भीरबाट खसेको महिलालाई उद्दार गर्न पारिपट्टिबाट एकजना पुरुष मस्र्याङ्दीमा पसेपछि बगायो । पुरुषलाई उद्दार गर्न बेंसीसहर नगरपालिका २, गाइखुरे झरना नजिकैबाट ¥याफ्टिङ डुंगा लिएर सेनाकै बोट रेस्क्यु ग्रुप जलाशयबाट गयो । दुवै ग्रुपले महिला र पुरुषलाई अचेत अवस्थामा मस्र्याङ्दीको जलाशयबाट उद्धार ग¥यो । स्वास्थ्यकर्मी टोलीले प्राथमिक उपचार गरेर एम्बुलेन्समार्फत अस्पताल पठायो । 

मध्यमर्स्याङ्दीका जलाशयमा बाढीले बगाएकाहरुको उद्दारका लागि नमुना अभ्यास चलिरहँदा स्थानीय सहभागीहरु एकनासले अवलोकन गरिरहेका थिए । बर्खाको समयमा बाढीपहिरोले जनधनको क्षति पु¥याउन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले शनिबार मानिसलाई बाढीले बगाएपछि उद्दारको कृतिम घटना अभ्यास गराएको हो । 

विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुशील बैद्यका अनुसार बर्खाको समयमा बाढीपहिरोले मानिसलाई बगाउँदा सुरक्षाकर्मीले गर्ने उद्दारलाई अभ्यास र तालिमको रुपमा प्रस्तुत गरिएको हो ।

‘लमजुङ जोखिमयुक्त जिल्ला हो । गतबर्ष पनि मस्र्याङदी र दोर्दी खोलाले क्षति पुगायो । जोखिम जहिले पनि हुनसक्छ । विपद्का घटनापछि उद्दारलाई प्रभावकारी बनाउन नमुना अभ्यास गरेका हौं’ उहाँले भन्नुभयो– ‘विपदमा उद्धार गर्न सुरक्षा निकाय तयारी अवस्था छौं भन्ने सन्देश पनि दिएका छौं ।’ 

भविष्यमा आइपर्ने घटनामा परिचालित हुन, उद्धार गर्न सुरक्षा निकाय तत्पर छ भन्ने सन्देश दिन अभ्यास गराइएको उहाँले बताउनुभयो । प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले विपद्को समय सुरक्षा निकायमा छिटो जानकारी गराउँदा सकुशल उद्दार हुनेबारे चेतना नमुना अभ्यासले दिएको बताउनुभयो । उहाँका अनुसार जल प्रकोपबाट प्रभावित नागरिकको उद्दार समयमै हुन आवश्यक रहेकाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी टोलीले १२ दिनसम्म मर्स्याङ्दी नदीमा तालिम लिएका थिए । 

जस्तोसुकै जटिल परिस्थितिमा पनि नागरिकको सेवामा तत्पर र उद्धार गर्न सक्छौं भन्ने सन्देश दिइएको उहाँले बताउनुभयो । उद्धार टोलीका संयोजक उदीपुरस्थित चण्डीप्रसाद गणका क्याप्टेन प्रदीप थापाले जल प्रकोपको सचेतनाका लागि नुमना अभ्यास गराइएको बताउनुभयो । 

सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले विपद्को समयमा तत्काल उद्दार गर्न अप्ठ्यारो हुने भएकाले यस सम्बन्धी अगाडि अभ्यास हुनुपर्ने बताउनुभयो । विपद्मा परेकाको उद्दारका लागि स्थानीय तह, सुरक्षा निकाय र स्थानीय पनि लाग्नुपर्ने उहाँले बताउनुभयो । 

घटना बारेमा समयमै जानकारी दिँदा समयमै उद्दार हुने उहाँले बताउनुभयो । ¥याफ्टिङ गाइड समेत रहेका दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले उद्दारकर्मीहरु आफू नै सचेत भएर जानुपर्ने र सवैखाले उद्धा सामग्रीको प्रयोग गरेर मात्रै उद्धारकार्यमा खटिन सुझाव दिनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भूमीश्वर पोखरेल, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक नवराज थापा, चण्डीप्रसाद गण उदीपुरका गणपति मनोज कार्की, राष्ट्रिय अनुसन्धान प्रमुख कुमार बुढाथोकी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदीश मिश्र, स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडी, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीलगायतको उपस्थिति थियो ।