• १२ वैशाख २०८१, बुधबार

हुम्लामा मनसुनजन्य विपद् प्रतिकार्य योजना तयार

blog

राजन रावत

हुुम्ला, असार ११ गते । चार वर्षपछि जिल्लामा मनसुुनजन्य विपद् प्रतिकार्य योजना तयार गरिएको छ । विपद् जोखिम तत्थ्याङका आधारमा यसवर्ष हुनसक्ने सम्भावित जोखिम आँकलन गर्न प्रतिकार्य योजना तयार गरिएको हो । 

जिल्ला विपद ब्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सीता परियारले पाँच वर्षपछि नयाँ मनसुुनजन्य विपद् प्रतिकार्य योजना तयार भई कार्यान्वयनमा आएको बताउनुुभयो । २०७५ सालमा साविकका गाउँ विकास समितिलाई क्षेत्र मानेर तयार भएको योजनालाई परिमार्जन गरी हालको गाउँपालिकालाई आधार मानिएको छ । 

नयाँ तयार भएको योजनामा जिल्लाका सातवटै गाउँपालिकाका ३१ वटा बस्ती मनसुनजन्य बिपदका हिसावले उच्च जोखिममा भएको पाइएको छ । जिल्ला मनसुुनजन्य बिपद तथा प्रतिकार्य योजना २०७९ ले ती वस्तीलाई उच्च जोखिममा रहेको बताएको छ । जिल्ला बिपद ब्यवस्थापन समिति अन्तर्गत कार्यदलले तयार पारेको मनसुनजन्य विपद प्रतिकार्य योजनाले जिल्लाका सातवटै गाउँपालिकाका ३१ वटा बस्ती उच्च जोखिममा रहेको देखाएको छ । 

यसरी उच्च जोखिममा रहेका बस्तीहरुमा गाउँपालिका अनुुसार नाँम्खा गाउँपालिका –४ को चाला, ५ को तुम्कोट र हिल्सा तथा ६ को लिमीको हल्जी गाउँ  छन् । त्यसैगरी सिमकोट गाउँपालिका– २ को ठेहे, ४ को स्याम्ने र ७ नम्बर वडा पनि उच्च जोखिममा छन् । त्यस्तै, खार्पुनाथ गाउँपालिका–१ को लालि, २ को थाली, ३ को कारङ्ग र ५ नम्बरको खर्पेलगाउँ बस्ती रहेको उल्लेख गरिएको छ । 

यता सर्केगार्ड गाउँपालिका– ४ को साँया र ५ को गोलीगाउँ छ । चङ्खेली गाउँपालिका–४ को माथिल्लो पाली, ५ को नेक्पा र ६ को राँती गाउँ पनि उच्च जोखिम बस्तीका रुपमा औल्याइएको छ । त्यस्तै अदानचुली गाउँपालिका–१ को कल्खे, ५ को कालागाड र ६ को लमै गाउँ पनि परेको छ । 

त्यस्तै, प्रतिकार्य योजना २०७९ ले ताँजाकोट गाउँपालिकाका पाँचवटा वडाका १२ वता बस्ती पनि उच्च जोखिममा रहेको उल्लेख गरिएको छ । प्रतिकार्य योजनाअनुुसार नाँम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड र चङ्खेली गरी पाँच गाउँपालिकाका बाह्रवटा बस्तीलाई मध्यम जोखिम बस्तीका रुपमा औल्याइएको छ ।

प्रतिकार्य योजनामा प्रकोपमा हावाहुरी, अविरल वर्षा, बाढी र पहिरोलाई उल्लेख गरिएको छ । २०७५ पछि उक्त प्रतिकार्य योजना नयाँ निर्माण भएको छ । हुुम्लामा मनसुुन भित्रिनसकेको भए पनि पूर्वी नेपालमा भित्रिसकेका कारण मनसुनजन्य प्रकोपबाट सबैलाई सजग र सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । समितिको बैठकले नयाँ निर्माण भएको प्रतिकार्य योजना २०७९ लाई पारित गरेर कार्यान्वयन गर्ने निर्णय गरेको छ ।