रिजाल ग्यासको सिलिन्डर बिक्रीमा रोक

विराटनगर, पुस २६ गते । मोरङको रिजाल ग्यास उद्योगको सिलिन्डरमा कम तौल पाइएपछिस्थानीय प्रशासनले बिक्री वितरणमा रोक लगाएको छ ।

जिल्ला प्रशासन, वाणिज्य र गुणस्तर तथा नापतौल कार्यालयका प्रनिनिधि सम्मिलित टोलीले शुक्रबार उद्योगमा रहेका अधिकांश त्यस्ता सिलिन्डरमा सिल गरेको हो । जिल्लास्थित वाणिज्य कार्यालयले बिहीबार अनुगमनको क्रममा १० सिलिण्डर नियन्त्रणमा लिएर जाँच गर्दा कम तौल पाएपछि त्यसैका आधारमा शुक्रबार पुनः अनुगमन गरी अन्य ग्यास सिलिन्डर पनि नियन्त्रणमा लिइएको वाणिज्य कार्यालय मोरङका प्रमुख नयनराज नेपालले जानकारी गराउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना