• ६ चैत २०८०, मङ्गलबार

चलचित्र ‘काख्रे’को ट्रेलर सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ११ गते । तामाङ भाषाको चलचित्र ‘काख्रे’ (गँगटो)को ट्रेलर सार्वजनिक भएको छ ।  कथाकार ऋतुराज पाख्रिनका अनुसार चलचित्रमा गाउँबाट रोजगारी खोज्दै राजधानी आएका युवाले भोगेकोे समस्याको सेरोफेरो कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।  राष्ट्रिय नाचघर जमलमा यही असार १८ गते  विशेष च्यारिटी सो हुने निर्माण पक्षले  जनाएको छ ।

सो चलचित्रलाई रोशन फ्युवा तामाङले निर्देशन गर्नुभएको छ भने निर्माता प्रबल थिङ, सहनिर्माता शेखर थापा, शङ्कर पुडासैनी र सरिता तामाङ रहनुभएको छ । विशाल काल्तान र रिन्जिन लामाको सङ्गीत, द्वन्द्व निर्देशन राजु किरात, नृत्य निर्देशक अजय स्याङ्तान, छायाङ्कन प्रकाश तामाङ, शृङ्गार अस्मिताले गर्नुभएको छ । यस चलचित्रमा ऋतुराज पाख्रिन, सुनिता लुङ्बा, प्रबल थिङ, सिङ्गाबहादुर तामाङ, प्रभा घिसिङ, सपना वाइबा, किरण गोर्खे, रेशम स्याउलेलगायतले अभिनय गर्नुभएको छ ।