सञ्चारमन्त्रीद्वारा बृहत् सरसफाइ अभियान प्रारम्भ

काठमाडौँ, पुस २६ गते । आराध्यदेव पशुपतिनाथ मन्दिरको प्राङ्गणमा आज बिहानैदेखि बृहत् सरसफाइ अभियान प्रारम्भ भएको छ ।

सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले मन्दिरको मूलद्वारबाट कुचो लगाएर उक्त अभियानको शुभारम्भ गर्नुभयो । गान्धी इन्टरनेसनल मिसन नेपालले लायन्स क्लब इन्टरनेसनलको सहयोगमा आयोजना गरेको उक्त अभियान आरम्भपछि मन्तव्य व्यक्त गर्दै मन्त्री रिजालले राम्रो कामको सुरुआत भएकामा आयोजकप्रति आभार व्यक्त गर्नुभयो ।

“राम्रो कामको सुरुआत भएको छ, यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुहोस्,” यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै मन्त्री डा रिजालले भन्नुभयो ।

मिसनका अध्यक्ष सुशील अग्रवालले बितेका छ महिनायता विभिन्न सामाजिक सङ्घसंस्थासँग मिलेर मिसनले राजधानीका फरक फरक ठाउँमा अवस्थित मठमन्दिरको सरसफाइ अभियान हरेक महिनाको अन्तिम शनिबार सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । आजको सरसफाइ अभियानमा सरकारी तथा निजी विद्यालयका छात्रछात्राको समेत सहभागिता छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना