• ६ चैत २०८०, मङ्गलबार

कालीकोटमा नियमित पुग्न थाल्यो गोरखापत्र

blog

कालीकोट सदरमुकाम मान्ममा गोरखापत्र पढ्दै पाठक । तस्बिरः प्रेमराज सिम्खडा

कालीकोट, असार १० गते । पश्चिम नेपालको कर्णालीको कालीकोटमा गोरखापत्र दैनिक नियमित रुपमा पुग्न थालेको छ । पछिल्लो समय कोहोलपुरवाट प्रकाशन सुरुभएसँगै नियमित पत्रिका पढ्न पाएसँगै कालिकोटका पाठक हर्षित भएका छन् । 

बिहान कोहोलपुरबाट आउने गोरखापत्र दिउँसो ३ बजे कालीकोट सदरमुकाम मान्ममा पुग्ने गरेको छ । यस अघि महिना दिन लगाएर हुलाक मार्फत पत्रिका पुग्ने गरेको पलाँता २ का समुन बमले बताउनुभयो । उहाँ लामो समयदेखि गोरखापत्रको ग्राहकनै बनेर पाठक बन्दै आएको र कालीकोटमा पढ्न पाउदाँ खुसी भएको बताउनुभयो । 

दुर्गममा यसरी नेपालकै पहिलो पत्रिका सोही दिन आउनु र पढन पाउनु सुखद भएको बमको भनाई छ । कालीकोटका गोरखापत्रका एजेन्सी बिनोद बुक सेन्टरका प्रोपराईटर नन्दवहादुर शाहीले कालीकोटका नागरिकलाई सोही दिन गोरखापत्र पुर्याउने गरेको बताएका छन् । वजारका चोकमा गोरखापत्रमा प्रकाशित समाचारसँगै बिभिन्न लोक सेवा आयोगका सूचना समेत हेर्नु पाएको भन्दै पाठकहरु खुसि छन् । 

Author

प्रेमराज सिम्खडा