• ६ चैत २०८०, मङ्गलबार

इन्धनको मूल्य घटाउने आपूर्तिमन्त्रीको संकेत

blog

फाइल तस्बिर

काठमाडौं, असार ९ गते। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले इन्धनको मूल्य घटाइने संकेत गर्नुभएको छ। 

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग बोल्नुहुँदै मन्त्री बडूले करका दरमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने बताउनुभएको हो। 

बिहीबारको प्रतिनिधिसभा बैठकमा यो विषयमा प्रतिनिधिसभा सदस्यले  सरकारको ध्यानाकर्षण गराएपछि उहाँले यस्तो बताउनुभएको हो। उहाँले विद्युतको खपत बढाएर पनि यसको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकारसँग रहेको बताउनुभयो।

“पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ। मूल्यकाे समायोजनका लागि संसदमा जुन कुराहरु आएको छ। कर समायोजन गरेर भए पनि मूल्य घटाउनेतर्फ संसदमा कुरा उठेकाे छ। त्यसको सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको छ”, उहाँले भन्नुभयो।

मन्त्री बडूले यसबाहेक विद्युतको खपत बढाउने अर्को विकल्प रहेको र त्यो कामलाई सरकारले प्राथमिकता दिएको धारणा राख्नुभयो।