• ६ चैत २०८०, मङ्गलबार

समाजवादीको सचिवालयमा केन्द्रीय कमिटीको एजेण्डा तय गर्नेबारे छलफल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार ९ गते । नेकपा (एकीकृत समाजवादी)को सचिवालयको बैठकमा आगामी बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डाबारे छलफल भएको छ । बैठकमा सरकार, गठबन्धन, आगामी चुनाव र कार्ययोजनाबारे छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

एसको शुक्रबार पोलिट्ब्यूरो बैठक बस्दैछ । केन्द्रीय कमिटीको बैठकबारे एजेण्डा भने दिउँसो पुनः कार्यालय व्यवस्थापनको बैठकले अन्तिम रुप दिइने उहाँले बताउनुभयो । 

“११ गते हुने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तयार गर्ने, भोलि पोलिट्ब्यूरो बैठक बस्दैछ, प्रस्तावहरु तयार गर्नुपर्ने, सरकार, गठबन्धन, भोलिका चुनाव र आगामी कार्ययोजनाबारे बैठकमा छलफल भयो ।” उहाँले भन्नुभयो ।

खासगरी, मुख्य चार विषयमा छलफल भएको उहाँ बताउनुहुन्छ । सम्पन्न भएको स्थानीय निर्वाचनको समीक्षा र त्यसबाट सिक्नुपर्ने पाठ, भविष्यमा आगामी निर्वाचनमा खेल्नुपर्ने नेतृत्वदायी भूमिका एवम् सहभागिताका विषयमा छलफल भएको खतिवडाले बताउनुभयो । यसैगरी, उहाँले पार्टी गठन र दर्ता भएपछिको एक वर्षमा पार्टीको शक्तिलाई कति सुदृढ गर्न सकियो भन्ने विषयमा समीक्षा भएको उल्लेख गर्नुभयो ।

सरकारमा रहेका मन्त्री हेरफेर सम्बन्धमा पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने अन्तिम शर्त रहेको भन्नुहुँदै उहाँले मन्त्री चीर स्थायी चीज नभएको र विगतमा छ महिनाको 'जेन्टल एग्रिमेन्ट' भएको बताउनुभयो । “एकदमै चाँडै दिनहरुमा होइन, घण्टाहरुमा मन्त्रीहरु परिवर्तन हुने दिशामा छौँ ” उहाँले दाबी गर्नुभयो ।