महाशिवरात्रिका लागि २१ हजार किलो मुढा पशुपति ल्याइदै

सरोज आचार्य, काठमाडौँ, पुस २५ गते । महाशिवरात्रिका लागि धुनी जगाउन २१ हजार किलो मुढा पशुपति ल्याइएको छ । यहाँ आवश्यक पर्ने ६१ हजार किलोमध्ये बाँकी मुढा आउने क्रममा छ । पशुपति गुठी गोश्वाराबाट महाशिवरात्रि पर्वका लागि खटिएका कर्मचारी चेतमान गिरीका अनुसार विगतमा सिसौका काठ ल्याइने गरेकोमा योपल्ट अग्राखका काठ ल्याइएको छ । यसैवीच श्लेषमान्तक वनको चिहानघारीमा रहेको वनभैरवको बिहीवार सरकारी तहवाट पूजा अर्चना भएको छ । वनडिठ्ठा विनोद रिमालको अगुवाइमा आएको अमालकोट कचहरी कार्यालयको टोलीले भैरवलाई भाले कुखुरा बलि दिएको छ । यसैवीच, आर्यघाटमा दाहसंस्कार कार्यका लागि आवश्यक सरसामान अबदेखि पशुपति उपभोक्ता सहकारी संस्था लिमिटेडमार्फत बिक्री वितरण हुने व्यवस्था गरिएको छ । यो व्यवस्थावाट उपभोक्ताले प्रचलित मूल्यभन्दा वीस प्रतिशत कम मूल्यमा सामान पाउने भएका छन् । यसअघि दाहसंस्कार कार्यमा लाग्ने सबै सामान आवश्यक परिमाणभन्दा बढी खरिद गर्नुपर्ने वाध्यता अन्त्य गर्दे नापतौलको समेत उचित व्यवस्था भएको बताउँदै सहकारीका अध्यक्ष गोविन्दप्रसाद आचार्यले यसबाट मलामी तथा उपभोक्ता तौल अनुसारको उचित सामान पाउने व्यवस्था गरिएको बताउनु भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना