बन्द हडताल आर्थिक विकास र समृद्धिको बाधक—मन्त्री बस्नेत

Mahesh-Basnet1पोखरा, पुस २५ गते । उद्योग मन्त्री महेश बस्नेतले बन्द हडताल आर्थिक विकास र समृद्धिको बाधक भएको बताउदै बन्द हडतालका कार्यक्रम नगन आग्रह गर्नुभएको छ । प्रथम चिप्लेढुङगा मिनीमार्केट ब्यापारीक मेलाको शुक्रबार पोखरामा उद्घाटन गदै मन्त्री बस्नेतले यस्तो आग्रह गर्नुभएको हो ।

बन्द हडताल समाधान नभएको बताउदै यसले देशको आर्थिक समृद्धिमा बाधक हुने बताउनु भयो । उहाँले विगतमा आफुहरुले बन्द हडताललाई आन्दोलनको विकल्पक रुपमा लिएको भएपछि पछिल्लो समय कहिल्यै बन्द हडताल नगर्ने घोषणा गरेको उल्लेख गदै एमाओबादी लगायत ३० दलिय मोर्चालाई बन्द हडतालका कार्यक्रम छाडन् आग्रह गर्नुभयो । ‘शान्तिपूर्ण आन्दोलन गर्नुस तर बन्द हडताल र पुत्ला जाउने काम बन्द गर्नुस ।’ मन्त्री बस्नेतले जुनसुकै दलले बन्द हडताल गरेपनि त्यसको विरुद्धमा ब्यापारीहरुले विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री बस्नेतले उद्योग र बाणिज्य विच तालमेल नमिल्दा नेपालको ब्यापार घाटा बढेको बताउनुभयो । विदेशबाट सामान ल्याएर विक्री गर्दा आम्दानी भन्दा बर्च बढि भएका कारण ब्यापार घाट देखिने गरेको बताउनु भयो । ब्यापार घाटा कम गर्न आयातलाई भन्दा निर्यातमा ध्यान दिनुपर्नेमा मन्त्री बस्नेतले जोड दिनुभयो । उहाँले ब्यापारलाई उत्पादनसंग जोनपर्ने र उद्योग र वाणिज्य विच समन्वयले समस्या देखिएको भएकाले दुवैलाई एउटै मन्त्रालय बनाउनुपर्ने माग गर्नुभयो ।

उहाँले देश रेमिटयान्सले धानेको बताउदै रेमिटयान्सलाई उत्पादनमुखी क्षेत्रमा लगाउनुपर्नेमा जोड दिनुभयो । ‘रेमिटयान्स मोजमस्ती, विलासीमा र अनुत्पादक क्षेत्रमा खर्च गरिएको छ, त्यसलाई उत्पादनक मुलक क्षेत्रमा लगानी गर्नुपर्छ ।’ उहाँले रेमिटयान्सलाई मोडेल ब्यवसायमा लगानी गरे, लगानीको ग्यारेन्टीको सरकार गर्न तयार रहेको समेत स्पष्ट पार्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना