पाँच महिनामा लागुऔषधका २४ मुद्दा दर्ता

रत्ननगर (चितवन), पुस २५ गते । जिल्ला प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्षको पाँच महिनामा लागुऔषधसम्बन्धी २४ मुद्दा दर्ता गरेको छ ।

सो अवधिमा ४३ जनालाई पक्राउ गरिएको चितवनका प्रहरी निरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा ३९ पुरुष, दुई महिला छन् । त्यसमा विदेशी दुईजना पनि समातिएको प्रहरीले जनाएको छ ।

उनीहरुबाट डाइजेपाम ४३० एम्पुल, ब्रुफिनर्फिन ४३१ एम्पुल, फेनारगन ४३१ एम्पुल र खैरो हेरोइन ३६७ ग्राम बरामद प्रहरीले जानकारी दिएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना