• ६ चैत २०८०, मङ्गलबार

राष्ट्रियसभा बैठक सुरु

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार ६ गते । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रिय सभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेबाट बैठक सुरु भएको छ ।

आजको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमध्ये सात वटा मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल हुँदै छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयसँग सम्बन्धी विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, सांसद तुलसाकुमारी दाहालले ‘‘विनियोजन विधेयक, २०७९ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाा कायम गरियोस्’’ भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।