• ६ चैत २०८०, मङ्गलबार

मुगुमा खडेरी

blog

हरि ऐडी

मुगु, असार ६ गते । जिल्लामा लामो समयदेखि पानी नपर्दा खडेरीले अन्नबालीदेखि फलफूलसम्म सुक्न थालेपछि किसान हरु चिन्तित भएका छन् । 

मनसुन भित्रिएको दुई साता बित्दा पनि मुगुमा  पानी पर्न सकेको छैन । सुख्खाका कारण किसानले खेतबारीमा रोपेको धान, चैते कोदो, कागुनो र  फलफुल बालि लगायत जंगली घाँस समेत चर्को  घामले सुक्न थालेका छन्   ।

अन्नबाली मात्र नभएर बारीमा लगाएको खुर्सानी, टमाटर, प्याज, लसुन, फर्सी, काँक्रोलगायतका बिरुवा सुकेर किसानलाई जोगाउन मुस्किल हुन थालेको छ ।

खडेरीले धानको बेर्नासमेत सुक्न थालेपछि किसानलाई रोपाइ गर्न गाह्रो हुन थालेको छ । ‘आकाशबाट पानी आउँदैन; खडेरीले खेतबारीमा बाली सुकिसक्यो’ भनि छायाँनाथ रारा नगरपालिका वडा नँ – १३ थार्प गाउँका धन बहादुर बुढाले बताउनुभयो । 

उहाँका अनुसार ‘असार लागिसक्यो पानी आउँदैन । कसरी अन्नबाली रोपौं ?’ भुवा जग्गामा लगाएको चैते बालि कोदो , कागुनो आलु पनि सुकेर नष्ट हुनु सम्भावना रहेको छ।

जिल्लाका अधिकांश बस्तीमा  भुगलमा भिरालो भएकाले छायाँनाथ रारा नगरपालिका , सोरु गाउँ पालिका र मुगमकार्मारोङ गाउँपालिकाका किसानहरु आकासे पानीको भरमा नै सिंचाइ गर्नुपर्ने बाध्यता रहेको छ भनि कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख खेमराज शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार खत्याड गाउँ पालिकाका भूगोल मिलेकोले उक्त  पालिकाहरुमा भने सिंचाइ कुलोको सुविधा भएका किसानले खेतबारीमा पानी हालेर अन्नबाली जोगाउन थालेका छन्  ।

समयमा पानी  नपर्दा  चरनक्षेत्रमा वन धाँस नपलाउँदा पशुचरन क्षेत्रमा घाँस नपाउँदा गाई भैसिले पनि दूध कम दिन थालेका छन्  भनि छायाँनाथ  रारा नगरपालिका ५ का पञ्चदेबि कार्कीले बताउनुभयो । उहाँका अनुसार  खडेरीले पानीका मुहानसमेत सुक्न थालेपछि चौपायलाई चरण अभाव हुन थालेको छ । 

Author

हरी एडी