तराईवासीको पीडा – ‘नुन र रोटी खाँदै छौं, त्यो पनि नपाइने भो’

महेन्द्रनगर ९धनुषा०, कात्तिक २४ गते। मधेसी मोर्चाले विभिन्न माग राख्दै गर्दैआएको बन्दको आज ८८औँ दिन तथा भारतको अघोषित नाकाबन्दीको ४८औँ दिन पूरा हुँदै छ । अझ पनि यो खुल्ने छाँटकाँट नदेखिँदा धनुषासहित सम्पूर्ण मध्य तथा पूर्वी तराईको जनजीवन कष्टकर बनेको छ । दसैं यस्तै बन्दमा बित्यो । तिहार र छठ पर्व ढोकामै आइपुगेको बेला पनि बन्द नखुल्दा जनता निकै निराश भएका छन् । मधेसी मोर्चाले ४८ दिनदेखि भन्सार नाकामा दिएको धर्ना र भारतको अघोषित नाकाबन्दीले उपभोग्य वस्तु अभाव हुँदा यहाँको जनजीवन पूर्णरुपले प्रभावित बनेको छ । बन्दको अवधि बढ्दै जाँदा र भन्सार नाका ठप्प भएपछि बजारमा पेट्रोल, डिजेल, खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य समानको अभावसँगै मूल्य आकासिएको छ । rotiअनिश्चितकालिन बन्द, हड्ताल र निर्यात ठप्प हुने क्रम लम्बिएर खाद्यान्न नपाइने चिन्ताले पिरोलिएका उपभोक्ताले अनावश्यक भण्डारण गर्न थालेकाले समेत अभाव झनै बढेको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले व्यवसायीलाई आफूसँग भएको सामान बेच्न र नलुकाउन आग्रह गर्नुभएको छ । इन्धन अभावमा एम्बुलेन्स बन्द हुने अवस्थामा पुगेको छ । आयात रोकिएको र व्यापारीसँग भएको मौज्दात सकिएकोले उपभोक्तालाई समस्या परेको व्यापारीको भनाइ छ । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका ग्यास बिक्रेता बलराम श्रेष्ठले असोज लागे लगत्तै जिल्लामा ग्यास अभाव भएको बताउनुभयो । “पहिले मासिक एकहजार ५०० सिलिन्डरसम्म बिक्री गर्थे, अहिले असोजसम्ममा जम्मा ६० वटा सिलिन्डर बिक्री गरेँ” उहाँले भन्नुभयो । श्रेष्ठले ‘नोबेल’ र ‘कामख्या’ ग्यास बिक्री गर्दै आउनुभएको छ । ग्राहकलाई ग्यास नै छैन भनेर त्यसै फर्काउनु परेको उहाँले बताउनुभयो । घरमा खाना पकाउने ग्यास सकिएपछि भुसमा पकाउन सुरु गरेको महेन्द्रनगर– ६ की रितादेवी यादवले बताउनुभयो । “एक महिनादेखि भुसको चुलोमा खाना पकाउँदै आएकी छु” उहाँले भन्नुभयो । बिरामीलाई चाहिने औषधि र अक्सिजनको समेत अभाव भएको छ । जनकपुर अञ्चल औषधि व्यवसायी सङ्घका उपाध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार महोत्तरी, सर्लाही, सिन्धुली, धनुषा, रामेछाप र दोलखामा औषधिको चरम अभाव हुनथालेको छ । “बिरामी निकै मारमा परेका छन्” उहाँले भन्नुभयो । रक्तचाप, मधुमेह र मुटुका बिरामीले नियमित रुपमा प्रयोग गुर्नपर्ने औषधिको अभाव भएको छ । “सडकमा सवारी साधन गुड्न छाडेपछि औषधि ढुवानी गर्न समस्या भएको हो” उपाध्यक्ष भट्टराईले भन्नुभयो । सबै भन्दा गाह्रो दैनिक मजदुरी गरेर खानेलाई भएको छ । रिक्सा, ठेलालगायतका दैनिक ज्यालादारीमा काम गर्ने मजदुरले धेरै दिनदेखि पेटभरी खान नपाएको अवस्था छ । कतिपय दलित बस्तीका बासिन्दा भारत पलायन भइरहेका छन् । जनकपुर–४ का रिक्सा मजदुर लालबाबु महराले ८८ दिनदेखि रिक्सा लिएर चोकचोक चहारे पनि यात्रु नपाएको गुनासो गर्नुभयो । “पन्ध्र वर्ष भो रिक्सा चलाएको, यस्तो दुःख कहिल्यै पाएको थिइनँ,” उहाँले भन्नुभयो– “अहिले बन्दले गर्दा त हामीलाई दशाले घेरेझैं लागेको छ ।” बन्दका कारण बजारभाउ आकासिएको छ । सुरुसुरुका दिन मजदुरले ऋण पैँचो गरेर पनि परिवारलाई खुवाए । “बन्द कतिञ्जेल लम्बिएला र रु कमाएर तिरौंला । तर, अब त परिस्थिति पहाडजस्तो लाग्न थालेको छ” मजदुरले गुनासो गर्न थालेका छन् । “नुनमा रोटी चोबेर खाँदै छाँैं, त्यो पनि नपाइने भो” रिक्सा चालक महतोले भन्नुभयो । क्षीरेश्वर नगरपालिका– ५ महेन्द्रनगरका ठेला चालक चौठी साहले रोजगारी नै मरेपछि आठ जनाको परिवार पाल्नै कठिन भएको बताउनुभयो । “नेताहरुको कामै आन्दोलन गर्ने हो, माग पूरा गराउँछन्, अर्कोतिर हिँड्छन्, हामीजस्ता निमुखा जनताको जीवनयापन भने खस्किदै गएको छ ।” सुरुका ८–१० दिन ऋण गरेर धानिए पनि बन्द लम्बिदा खाना जुटाउनै गाह्रो भएको उहाँको भनाइ छ । बन्दको उद्देश्य र राजनीतिसँग कुनै सम्बन्ध नरहेका मिथिला नगरपालिका– ५ ढल्केवरका ठेलाचालक श्रीनारायण मण्डल र छोरा हरिनारायण मण्डल पनि निराश छन् । बाबुछोरा मिलेर १४ जनाको परिवार धान्नु छ । बन्दको शृङ्खला सुरु भएपछि उनीहरू एकछाक मात्र खान थालेका छन् । “अब अति भयो, बन्दकर्ताले हामी जस्ताको बारेमा पनि ध्यान दिनुप¥र्यो” मण्डलले भन्नुभयो । जनकपुरमा करिब ५०० रिक्सा मजदुर छन् । बन्दपछि उनीहरू सबै मारमा छन् । बन्दले विपन्न वर्गलाई बढी सास्ती दिएकाले माग पूरा गराउने वैकल्पिक उपाय खोज्न उनीहरूले प्रदर्शनकारीलाई अनुरोध गरेका छन् । आर्थिक रूपले सम्पन्न हुनेहरू पनि बैंक नखुल्दा खिन्न छन् । पैसा निकाल्न नपाउदा दैनिक उपभोग्य सामग्री किन्न पाएका छैनन् । अन्य व्यवसायी, जागिरेलाई पनि आर्थिक अभावले पिरोल्न थालेको छ । बंैकबाट पैसा निकाल्न नसक्दा खानेकुरा किन्न नपाएको शिक्षक उमाकान्त पहाडी बताउनुहुन्छ । सबैको एउटै प्रश्न छ, ‘आखिर यो बन्द कहिले खुल्छ ’ रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना