• ६ चैत २०८०, मङ्गलबार

मल नियन्त्रणमा लिन कृषकलाई व्यापारीले सूचना दिए

blog

मुरारी अधिकारी

धादिङ, असार ५ गते । धादिङ धार्केमा मल लुटपाट गर्ने किसानहरुले आफूहरुलाई व्यापारीले नै सूचना दिएको आधारमा मल लिन गएको बताएका छन् । भारतबाट भन्सार छली गरेर ल्याइएको रासायनिक मल राजस्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरुले नै आफू बच्न किसानलाई मल आउँदैगरेको सूचना दिएको खुलासा भएको छ । 

मलको अभाव भोगिरहेका करिव चार सय जना किसान सडकमा देखिएको स्थानीयले बताएका छन् । व्यापारीहरुले भन्सार छली गर्दै धादिङका स्थानीय बजारमा कालोबजारी गर्दै मल बेच्दैआएको आरोप लाग्नेगरेको छ । शसस्त्र प्रहरीको टोलीले शुक्रबार बेलुका नै कुरिनटारमा ट्रक नियन्त्रणमा लिएको खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डिएसपी) जागेश्वर भन्डारीका अनुसार मल राजस्व अनुसन्धान बिभागले समातेको र त्यही मल शनिबार किसानले लुटेका हुन् । राजस्वले नियन्त्रणमा लिएको मल राजस्वले नै अनुसन्धान प्रक्रिया अगाडि बढाउने र लुटपाटमा सम्लग्न कसैलाई पनि नियन्त्रणमा नलिएको प्रहरी प्रवक्ताले जानकारी दिनुभयो । 

मल बोकेर आएको ट्रकमा धादिङबेसीस्थित दुवाडी एग्रोभेटको नाम उल्लेख छ । एग्रोभेटका सञ्चालक बोधनाथ दुवाडीसँग प्रतिक्रिया लिंदा आफूलाई मल कहाँबाट लोड भयो र कसले ल्यायो भन्ने जानकारी नरहेको बताउनुभयो । ट्रक चालकको मोबाइल प्रहरी नियन्त्रणमा रहेको र चालकसँग दोहोरो कुराकानी समेत गर्न नपाएकाले घटनाबारे आफू स्पस्ट नरहेको बताउनु भयो ।  

भन्सार छली गरेको आशंकामा राजस्व विभागले नियन्त्रणमा लिएको रासायनिक मल धादिङ धार्केका किसानले लुटपाट गरेका थिए् । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका ६ धार्केमा किसानहरुले दुई वटा ट्रक कब्जा गरेर रासायनिक मल लुटेका हुन् । ट्रकले मल ल्याउदैगरेको थाहा पाएका किसानले धार्केमा जम्मा भएर बा ६ ख ८२०९ र बा ६ ख ८२१० नम्बरको ट्रकलाई कब्जा गरेर मलका बोरा नियन्त्रणमा लिएका थिए । 

ट्रकमा आएका शसस्त्र प्रहरीले किसानको भीडलाई रोक्न सकेनन् । चार सयको हाराहारीमा जम्मा भएका किसानहरु, स्थानिय र यात्रामा निस्किएकाहरुको भिड थेग्न नसक्नुको थियो । पछि खानीखोला प्रहरी चौकीका टोलीको सहयोगमा भीड नियन्त्रणमा लिइएको थियो ।