प्रधानमन्त्री तराई गएमा नाकाबन्दी हट्छ ः थापा

 

धनकुटा, कात्तिक २३ गते  । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री तराई झरेर मधेसी जनतालाई सम्झाएमा भारतले सिमानामा गरेको नाकाबन्दी हट्ने जिकिर गर्नुभएको छ । नेपाल प्रेस युनियनले आज बिहान यहाँ गरेको पत्रकार सम्मेलनमा सांसद थापाले भारतले मधेसको आन्दोलनलाई आधार बनाएर नाकाबन्दी गरेकाले मधेसीलाई सम्झाउन सकेमा नाकाबन्दी हट्ने विश्वास व्यक्त गर्नुभयो । 

नेता थापाले आन्दोलनरत मधेसीलाई पनि संसद्मा आवाज उठाउने ठाउँ हुँदा हुँदै नाकामा अवरोध गरेर जनतालाई नसताउन आग्रह गर्नुभयो । शत्रुलाई पनि गर्न नहुने गरी भारतले गरेको नाकाबन्दी अमानवीय भएको बताउँदै उहाँले आपत्ति जनाउनुभयो । एक फरक प्रसङ्गमा नेता थापाले काँग्रेसभित्र गुटबन्दी आगामी महाधिवेशनले अन्त्य गरेरै छाड्ने जिकिर गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना