न्यून आय हुनेहरुका लागि घरदिने सरकारी योजना कछुवाको गतिमा


लक्ष्मण दर्नाल,
काठमाडौँ, पुस २४ गते । सहरी गरिब तथा न्यून आय हुनेहरुका लागि निर्माण थालिएको इचगुंनारायण अपार्टमेन्ट (संयुक्त आवास) पटक—पटक म्याद थप गरिदा पनि निर्माण सम्पन्न हुन सकेको छैन् । पहिलो चरण अन्तरगर्तको भवन निर्माण २०६९ भदौबाट सुरु गरिएको थियो । तर तीन पटकसम्म म्याद थप गरिसक्दा पनि अपार्टमेन्ट निर्माण कार्य सम्पन्न हुन सकिरहेको छैन् । यसअघि असोज मसान्तमा अन्तिम मिति भनिएको थियो ।
पहिलो चरणको भवन निर्माण कार्य सम्पन्न हुने अवस्थामा पुगेको निर्माण कार्यमा संलग्न डिभिजन कार्यालय काठमाडौँले जनाएको छ । काठमाडौंका प्रमुख बुद्धिसागर थापाले पहिलो चरणको भवन सम्पन्न हुने अवस्थामा रहेको र दोस्रो चरण अन्र्तगतको भवन आगामी असारजसम्म सम्पन्न हुने बताउनुभयो ।
कहिले ढुङ्गा, गिट्टी, बालुवाको अभाव कहिले निर्माण सामग्री ढुवानीमा समस्या तथा निर्माण कम्पनीको पनि आफ्नै समस्या भएकाले ढिला हुन पुगेको प्रमुख थापाको भनाई छ । निर्माण कम्पनीको कमजोरी भन्दा पनि परिस्थितिवश ढिला हुन पुगेको हो उहाँले भन्नुभयो । साथै स्थानीयको अवरोधले पनि निर्माण कार्यमा केही ढिलाई भएको बताइएको छ ।
थापाथली स्थित वागमति नदी किनारका सुकुम्बासी वस्तीलाई २०६९ जेठमा तत्कालीन प्रधानमन्त्री डा. बावुराम भट्टराई नेतृत्वको सरकारले हटाएपछि शहरी गरिव तथा न्यून आए हुने वर्गका लागि भनेर इचगुंनारायणमा संयुक्त आवास निर्माण थालिएको हो । उक्त आवास अहिलेसम्म निर्माण हुन सकेको छैन भने थापाथलीको सुकुम्बासी वस्तीमा पनि पहिला भन्दा अझ बढी सुकुम्बासीहरु बसिरहेका छन् ।
काठमाडौँ उपत्यकाका नदी किनार र सार्वजनिक जग्गाहरु सुकुम्बासीका नामममा अतिक्रम हुन थालेपछि सरकारले संयुक्त आवासको बिकल्प ल्याएको थियो । तर हाल सम्म उक्त अपार्टमेन्टमा को बस्ने वा कसलाई राख्ने भन्ने टुगां लागेको छैन् । यसमा डिभिजन कार्यालय काठमाडौँ, शहकारी तथा गरिबी निवारण मन्त्रलाय र शहरी विकास मन्त्रालयले गृहकार्य गरिरहेको बताइएको छ ।
समयमै कार्य सम्पनन गर्न इचगुंनारायण आवास निर्माणको काम दुई चरणमा बिभाजन गरिएको थियो । पहिलो चरण अन्तर्गत १ सय २८ आवास एकाई सहितको पाँचतले भवन निर्माण गरिएको छ । जसमा सामुदायिक हल सहित सुविधासम्पन्न कोठाहरु निर्माण भएका छन् । एउटा परिवारलाई भान्छाकोठा, सुत्ने कोठा र बस्ने कोडा सहित ३ वटा कोठा हुनेछन् । जसमा शौचालय, वाथरुम र वरण्डाको पनि व्यवस्था गरिएको डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।
पहिलो चरणका भवन निर्माण अन्तर्गत अधिकांश कोठामा रंगरोगन भइसकेको तर पुर्ण तयारी हुन बाँकी रहेको थापाले बताउनुभयो । संयुक्त आवासमा खानेपानी, बिजुली र व्यवस्थित सडकको निर्माणको काम पनि बाँकी नै छ ।
दोसो चरण पनि २०६९ मंसीरबाट सुरु गरिएको थियो । जसमा १ सय आवास एकाई निर्माण भइरहेको छ । दुवैचरणको गरि ३ वटा भवन पाँच तलाका निर्माण हुनेछन् । डिभिजन कार्यालयका अनुसार अपार्टमेन्टमा जम्मा २२८ परिवार बस्ने पाउने छन् । एउटा परिवारमा बढीमा चारजना बस्ने मिल्ने ठाँउ राखिएको छ ।
सुरक्षित, किफायती, स्वस्थकर, अथवा आफ्नो आर्थिक अवस्था अनुसारको आवास नेपालका नागरिकले पाउनुपर्छ भन्ने राष्ट्रिय आवास नीति २०६८ ले व्यवस्था गरे वमोजिम पहिलो पटक यसरी अपार्टमेन्ट निर्माण गरिएको हो । भवनमा वागमति नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरि बसेका शहरी गरिब तथा सुकुम्बासीलाई छानवीन गरि उक्त अपार्टमेन्टमा बसाईने भनेपनि कुन वर्ग समुदायलाई राख्ने भन्ने कुराको टुङ्गो लागिसकेको छैन् । अपार्टमेन्ट सञ्चालन र वास्तविक शहरी गरिवको पहिचान गर्न समितिहरु निर्माण गरिएको छ ।
सहरी विकास मन्त्रलायका सचिव अध्यक्ष रहने गरी सञ्चालक समिति हुनेछ भने काठमाडौँ उपत्यका विकास प्राधिकरणको नेतृत्वमा व्यवस्थापन समिति रहने छ । साथै उपभोक्ता समिति पनि गठन हुने जनाइएको छ ।
उक्त स्थानमा बस्नका लागि वास्तविक गरिव तथा न्युन आए भएका हुनकी हैनन् भनेर सहकारी तथा गरिबी निवारण मन्त्रलायले पहिचान गरि पठाउने व्यवस्था छ । तर पहिचानको मापदण्ड अझैसम्म तयारी गरिएको छैन् । साथै अपार्टमेन्टमा निशुल्क बस्न दिने हो वा भाडा लिने हो भन्ने कुराको पनि अन्यौल देखिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना