• ६ चैत २०८०, मङ्गलबार

खोलामा डुबेर एकको मृत्यु, एक घाइते

blog

घटनास्थलमा पुगेका स्थानीय।तस्बिरः गोरखापत्र

अमरराज नहर्की

तनहुँ, असार ३ गते। तनहुँमा शुक्रबार दिउँसो डुबेर एक जनाको मृत्यु भएको छ।अर्का एक जना घाइते भएका छन्।

म्याग्दे गाउँपालिका–७ का १८ वर्षीय रुपेश विकको मृत्यु भएको हो।उनीसँगै खोलामा पुगेका १७ वर्षीय विशाल उचई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।

घाइते उचईको दमौली अस्पतालमा उपचार भइरहेको र स्वास्थ्यमा सुधार भइरहेको उहाँको भनाइ छ।व्यास नगरपालिका-५ रानीटारीमा माछा मार्नेक्रममा डुबेका विकको मृत्यु भएको हो।उनलाई उद्धार गर्न गएका उचाई घाइते हुनुभएको डीएसपी खड्काले जानकारी दिनुभयो।विकको शव पोष्टमार्टको लागि दमौली अस्पतालमा राखिएको छ।