पुनःनिर्माण विधेयक सदनमा शीघ्र पेस हुनेछ- प्रधानमन्त्री

काठमाडौँ, कात्तिक १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणसम्बन्धी विधेयक सदनमा शीघ्र पेस हुने जानकारी दिँदै पुनःनिर्माण प्राधिकरण गठनको काम पनि तदारुकताका साथ गरिने बताउनुभएको छ ।

यहाँस्थित युरोपेली प्रतिनिधिमण्डल र फ्रान्सका राजदूत तथा विश्व बैङ्क र अन्तर्राष्ट्रिय विकासका लागि बेलायती विकास विभाग (डिएफआइडी) का यहाँस्थित प्रमुखसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीसँगको भेटमा आफूहरूले विकास सहायता, मानवीय सहयोग, भूकम्पपछिको पुनःनिर्माण एवम् पुनःनिर्माण प्राधिकरण गठनलगायत समसामयिक विषयमा छलफल गरेको युरोपेली प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङले पत्रकारहरूलाई बताउनुभयो ।

शिशिर याम सुरु हुनुअगावै भूकम्पपीडितलाई मानवीय सहायताका सामग्री पु¥याउन र पुनःनिर्माणका कार्य तदारुकताका साथ अघि बढाउन जरुरी भएकामा आफूहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना