जचुकालीलाई पुनःसञ्चालन गर्ने तयारी भइरहेको छ : मन्त्री बस्नेत

Mahesh-Basnet1जनकपुरधाम, पुस २४ गते । उद्योग मन्त्री महेश बस्नेतले जनकपुर चुरोट कारखानालाई जनताको साझेदारीमा सञ्चालन गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

सञ्चारकर्मीसँग आज कुरा गर्दै उहाँले व्यवस्थापन पक्षलाई निजीकरण गरी बन्द अवस्थामा रहेको चुरोट कारखानालाई सञ्चालन गर्ने तयारी भइरहेको छ भन्नु भयो ।

आर्थिक अभावका कारणले करिब तीन वर्षदेखि बन्द अवस्थामा रहेको कारखानाको निरीक्षणपश्चात् उहाँले व्यवस्थापन पक्षलाई निजी क्षेत्रलाई भाडामा दिने र जमिन, उपकरण तथा भवनलाई सरकारकै स्वामित्वमा राखेर यथाशीघ्र सञ्चालन गर्ने तयारी भइरहेको उल्लेख गर्नु भयो ।

अर्थमन्त्री डा रामशरण महतको अध्यक्षतामा निजीकरण समिति गठन गरिएको छ भन्दै मन्त्री बस्नेतले भन्नुभयो– समितिले स्वीकृति दिएको एक महिनाभित्र नै कारखाना सञ्चालनको प्रक्रिया अगाडि बढाइनेछ ।

उहाँले जनकपुर चुरोट कारखाना जस्तै बन्द अवस्थामा रहेको आठवटा कारखानालाई व्यवस्थापन निजी क्षेत्रलाई भाडामा दिएर सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना